काठमाडौं- आर्थिक वर्ष २०७७/७८ को बजेटमा ४० प्रतिशत रकमान्तर भएको पाइएको छ। महालेखाको लेखापरीक्षण प्रतिवेदनअनुसार कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख मध्ये ५ खर्ब ९७ अर्ब २४ करोड ९८ लाख बजेट रकमान्तरण भएको पाइएको छ।
यसरी भएकोरकमान्तरमा असारमा मात्र ४२ अर्ब ५५ करोड भएको थियो। विविध उपशीर्षकमा रहेको ५६ अर्ब बजेट रकमान्तर गरी उल्लेखित नभएका आयोजनामा समेत बजेट विनियोजन गरिएको थियो।
बजेटमा नभएका ११ कार्यक्रमलाई रकमान्तर गरी १ अर्ब १४ करोड ७२ लाख खर्च गरेको पाइएको छ। सुरु बजेटमा नभएका कार्यक्रमलाई रकमान्तर गर्न नपाइने नियमावलीको व्यवस्थाको उल्लघंन भएको पाइएको छ।