शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

फ्रेन्च होटल 'रोयल टुलिप’ नेपाल भित्रियो, सौराहामा पाँचतारे‍ होटल सञ्चालन गर्ने

images
बुधबार, असार २९ २०७९
images
फ्रेन्च होटल 'रोयल टुलिप’ नेपाल भित्रियो, सौराहामा पाँचतारे‍ होटल सञ्चालन गर्ने

यस्तै परराष्ट्रमन्त्री डा. खड्काले पर्यटनको ‘हब’ नेपालमा विश्वस्तरको अनुभव सँगालेको ब्राण्ड भित्रिनु गौरवको विषयभएको बताए।

images
images

काठमाडौं- चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप’ संचालनमा आउने भएको छ। फ्रेन्च होटल ‘लुभ्र होटल्स’ ग्रुपले सौराहामा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ।

images
images
images

काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा परराष्ट्र मन्त्री डा. नारायण खड्काको उपस्थितिमा केटीएम हस्पिटालिटीका तर्फबाट अध्यक्ष रामेश्वर शाह र लुभ्र होटल्स इण्डियाका निर्देशक अजय बकायाले ब्राण्ड सम्झौतामा हस्ताक्षर गरेका हुन्।

images
images

समारोहलाई सम्बोधन गर्दै केटीएम हस्पिटालिटीका अध्यक्ष शाहले पर्यटन क्षेत्र सदैव नेपालीको अर्थतन्त्रको बलियो खम्बा भईरहँदा भएकोले कोभिड महाव्याधिले अकल्पनीय रुपमा थला पारेको अवस्थामा गुणस्तरीय सेवामार्फत् पर्यटक आकर्षित् गरी देशको अर्थतन्त्रमा गहकिलो योगदान दिने विश्वासका साथ रिसोर्ट संचालन हुन लागेको बताए।

images
images

लुभ्र होटल्सका निर्देशक बकायाले नेपाल पर्यटकीय गन्तव्यको ‘हटस्पट’को रुपमा अगाडि बढिरहेको हुँदा भारतीय लगायत विश्वभरबाट यहाँ आउने पर्यटकलाई आफूहरुले आरामदायी र भरपर्दो सेवा दिनेमा विश्वस्त गराए।

यस्तै परराष्ट्रमन्त्री डा. खड्काले पर्यटनको ‘हब’ नेपालमा विश्वस्तरको अनुभव सँगालेको ब्राण्ड भित्रिनु गौरवको विषयभएको बताए।

युरोपकै  दोश्रो ठुलो तथा विश्वबजारमा ११ वटा बिभिन्न ब्राण्ड सहित उपस्थित रहेको लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटल ब्राण्ड ‘रोयल टुलिप’ ले कोभिड महाव्याधिका बिच शिलान्यास भई निर्माण सुरु भएको ६४ कोठा सहितको यस रिसोर्टको सम्पूर्ण व्यवस्थापन सम्हाल्नेछ।

करिब ३४ रोपनी क्षेत्रमा बनाइएका २२ वटा भवनमा सुईट्लगायत ५ प्रकारका विविध सुविधा सहितका कोठाहरु रहने रिसोर्टमा आगन्तुक पाहुनाहरुले डुंगा सयर, जलमहलको बास, स्विमिङ पुल, हेल्थ क्लब, स्पा, चिल्ड्रेन पार्क, एमपी थियटर, पदयात्रा मार्ग, आफ्नै बेकरी सहितको ग्रिल बार र  रेष्टुरेण्ट जस्ता सेवाहरु पाउने छन् ।

नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्रीहरुको प्रयोग गरी निर्माण हुँदै गरेको रिसोर्ट निर्माण भईसक्दा करिब ८५ करोड रुपैयाँ कूल लागत लाग्ने अनुमान छ । रिसोर्ट विक्रम संवत् २०८० को दशैंताका सञ्चालनमा ल्याउने तयारी गरिएको छ।


प्रकाशित : बुधबार, असार २९ २०७९११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend