आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने प्रयास हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २९ २०७९
भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने प्रयास हुँदै

दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो निभाउने प्रयास जारी राखेका छन्। 

काठमाडौं- काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबार अपराह्न आगलागी भएको छ।  प्रहरीका अनुसार ह्वील चेयरको गोदाममा आगलागी भएको हो।

अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो निभाउने प्रयास जारी राखेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केहीअघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको जानकारी दिए। रासस


प्रकाशित : बुधबार, असार २९ २०७९१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend