काठमाडौं- नाडा आटोमोबाइल्स एसोसिएसन अफ नेपालको वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ। नाडाले साउन १५ मा कार्य समितिको १३औं बैठकले नाडाको ४५औं वार्षिक साधारण सभा तथा २१औं निर्वाचन २०७८ साल भदौ २५ गत काठमाडौंमा गर्ने निर्णय गरेको थियो।
उक्त साधारण सभा सम्पन्न गर्नका लागि अनुमति पाउन साउन १९ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेकोमा सोही दिन कोभिड १९ को संक्रमण दर बढेको भन्दै अनमति दिन नसक्ने जवाफ दिएको थियो। कोभिडको तेश्रो लहर समेत आउन सक्ने भन्दै सभा र सम्मेलन गर्न नपाउने जिल्ला प्रशासन काठमाडौंले जनाएको छ।
जिल्ला प्रशासनको उक्त जवाफ पछि नाडाले सो साधारण सभा तथा निर्वाचन कार्यक्रम कार्यसमिति बैठक बसेर स्थगित गरेको जनाएको हो।