आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

४/१२ को नीति हटाइयोस्, नत्र साना लगानीकर्ता सडकमा आइपुग्छन् : गगन थापा

'ठूलालाई पोस्ने सानालाई कस्ने काम नहोस्'

बुधबार, असार २९ २०७९
४/१२ को नीति हटाइयोस्, नत्र साना लगानीकर्ता सडकमा आइपुग्छन् : गगन थापा

'बैंकिङ प्रणालीबाहिर रहेका पैसालाई सिस्टममा ल्याउनुपर्छ, केही घरानाको कब्जामा रहेको इकोनोमीलाई बाहिर ल्याउने आँट गर्नुपर्छ'

काठमाडौं- कांग्रेस महामन्त्री गगन थाापाले सेयर बजारका साना लगानीकर्ताहरूलाई सहयोग हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिएका छन्।

बुधबार संसद बैठमा बोल्दै उनले भने- 'सेयर बजारमा सुधार ल्याउने भनेर ४/१२ को नीति ल्याइयो। यसले ठूलालाई पोस्ने सानालाई कस्ने काम भयो। राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम नआइसकेपछि अब यसलाई सच्याइनुपर्छ। सच्याइएन, यसलाई हटाइएन भने लाखौँ साना लगानीकर्ता सडकमा आइपुग्छन्।'

समग्र अर्थथन्त्र संकुनचनमा गइरहेकावेला राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सन्तुलित हुनुपर्नेमा समेत उनले जोड दिएका छन्।

'आगामी मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुनेगरी ल्याउनु पर्छ। तरलताको अभाव, चुलिँदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, आकाशिँदो मूल्यवृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्नेगरी मौद्रिक नीति ल्याइनुपर्छ' उनले भने, 'परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणालीबाहिर रहेका पैसालाई सिस्टममा ल्याउने कुरा, केही घरानाको कब्जामा रहेको इकोनोमीलाई बाहिर ल्याउने आँट गरी नीति ल्याउनुपर्छ।'


प्रकाशित : बुधबार, असार २९ २०७९०६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend