शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

सोलिड-स्टेट ब्याट्री सेलमा टोयोटाको १३ सय ३१ पेटेन्ट, विद्युतीय कारमा पनि नेतृत्व गर्ला?

images
शनिबार, असार ३२ २०७९
images
images
सोलिड-स्टेट ब्याट्री सेलमा टोयोटाको १३ सय ३१ पेटेन्ट, विद्युतीय कारमा पनि नेतृत्व गर्ला?

निक्की एसियाले गरेको अध्ययनअनुसार टोयोटाले मात्र सोलिड-स्टेट ब्याट्रीसँग सम्बन्धित १३ सय ३१ वटा पेटेन्ट दर्ता गराएर राखेको छ। 

images
images

काठमाडौं- विद्युतीय कार उत्पादनमा टोयोटा किन अन्य कम्पनी सरह पनि लम्किएन भन्ने प्रश्न संसारभ उठिरहेको छ। संख्यात्मक हिसाबको जापानी कार उत्पादन कम्पनी टोयोटा संसारकै ठूलो कार उत्पादक हो। टोयोटा संसारभरका मध्यमवर्गीहरुको विश्वासिलो कार कम्पनीसमेत हो।

images
images

अन्य सबैजसो कार उत्पादकहरुले विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता दिइ रहँदा टोयोटा किन मौन छ भन्ने प्रश्न उठ्नु स्वभाविक पनि हो। टोयोटाले तत्काललाई हाइब्रिड प्रविधिलाई नै प्राथमिकता दिनु पर्ने जिकिर गर्दै आएको छ। टोयोटा हाइब्रिड प्रविधिमा अग्रणी कम्पनी हो। 

images
images

हाइब्रिडलाई प्राथमिकता दिनुपर्ने बताइरहेको टोयोटाले सोलिड-स्टेट सेल (ब्याट्री)को पेटेन्ट दर्तामा भने छलाङ मारेको छ। टोयोटाले सोलिड-स्टेट सेल ब्याट्रीसँग सम्बिन्धित १ हजार ३ सय ३१ वटा पेटेन्ट राइट दर्ता गरेर राखेको एक अध्ययनले देखाएको छ। 

images
images

अध्ययनअनुसार जापानी कार उत्पादकहरुले सोलिड-स्टेट ब्याट्रीबारे १९९० देखि नै अनुसन्धान गर्दै आएका थिए। निक्की एसियाले गरेको अध्ययनअनुसार टोयोटाले मात्र सोलिड-स्टेट ब्याट्रीसँग सम्बन्धित १३ सय ३१ वटा पेटेन्ट दर्ता गराएर राखेको छ। 

उक्त पेटेन्ट सेलको स्ट्रक्चर, प्रयोग हुने पदार्थ र सोलिड-स्टेट ब्याट्रीका महत्वपूर्ण पक्षहरुसँग सम्बन्धित छन्। 
टोयोटा पछि सोलिड-स्टेट सेलको पेटेन्ट धेरै दर्ता गर्ने अर्को कम्पनी हो पानासोनिक। जापानी विद्युतीय सामाग्री उत्पादन गर्ने पानासोनिकले ४ सय ४५ वटा पेटेन्ट दर्ता गराएर राखेको छ। टोयोटाले सोलिड-स्टेट ब्याट्रीसँग सम्बन्धित पेटेन्टको ३३ प्रतिशत आफैंले दर्ता गराएको छ। 

टोयोटाले सोलिड-स्टेट ब्याट्रीमा पानासोनिकसँगको साझेदारीमा ब्याट्री उत्पादन गर्दै आएको छ। 

आइ कोसन नामक अर्को कम्पनीले यससँग सम्बन्धित २ सय ७२ वटा पेटेन्ट दर्ता गराएको छ। त्यस्तै कोरियाली कम्पनीहरु सामसङ र एलजी चेमले पनि पेटेन्ट दर्ता गराएका छन्। तर यी कम्पनीले कति वटा पेटेन्ट दर्ता गराएका छन् भन्ने उक्त अध्ययनमा खुलाइएको छैन। 

जापानी कार उत्पादकहरुले २०२५ देखि सोलिड-स्टेट ब्याट्रीमा आधारिक कार बिक्री गर्ने यसअघि नै बताइ सकेका छन्। यो ब्याट्री मुख्य गरि हाइब्रिड कारमा प्रयोग हुनेछ। अन्य पूर्णविद्युतीय कारमा समेत सोलिड-स्टेट ब्याट्री प्रयोग गर्ने बारे अनुसन्धान भइरहेको छ। 

निक्की एसियाका अनुसार सोलिड-स्टेट ब्याट्री अहिलेको लिथियम आयन सेलको तुलनामा चार गुणा बढी महँगो हुनेछ। विधिन्न अध्ययनहरुले पनि यो ब्याट्री त्यति फिजिवल नहुने बताएका छन्। टोयोटाले सोलिड-स्टेट सेलको लागत घट्ने दाबी गर्दै आएको छ। यसबारे २०२५ मै धेरै कुरा थाहा हुने उक्त अध्ययनमा उल्लेख गरिएको छ।   


प्रकाशित : शनिबार, असार ३२ २०७९०४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend