सोमबार, असोज ७ गते २०८१    
images
images

बागमती किनारमा फोहर संकलन नगर्नू भन्दा कुटिए कर्मचारी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २८ २०७९
images
images
बागमती किनारमा फोहर संकलन नगर्नू भन्दा कुटिए कर्मचारी

आक्रमणबाट घाइते भएका कर्मचारीको टाउकोमा दुईवटा टाँका लगाइएको छ।

images
images

काठमाडौं- बागमती नदीभित्र हुने अनधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन्।

images
images
images

गोकर्णेश्वर नगरपालिका-५ स्थित एभरेष्ट पेट्रोल पम्प मुनिको बागमती नदी किनारमा लामो समयदेखि अनधिकृत रूपमा फोहर सङ्कलन गर्दै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर टाउको फुटाइदिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए। 

समितिले आयोजनाको काममा नै अवरोध पुर्‍याउने गरी फोहर सङ्कलन केन्द्र नराख्न तीनपटक पत्राचार गरिसकेको छ। तर घिसिङले समितिको पत्राचारलाई अटेर गर्दै आएको जनाइएको छ। श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङलाई प्रहरीले पक्राउ गरेर हाल महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखेको छ। घिसिङले अटेर गरी नदी किनारामा फोहर सङ्कलन केन्द्र बनाउँदा बागमती सौन्दर्यीकरणको काममासमेत असर पुगेको समितिले जनाएको छ।

अनधिकृत रूपमा फोहर सङ्कलन केन्द्र स्थापना गरेर स्थानीयवासीलाई समेत धम्की दिँदै उनले बागमती कोरिडोर क्षेत्रबाट फोहर उठाउने गरेका हुन्। जसले गर्दा जम्मा भएको आधा फोहर बागमतीमा बग्ने गरेको छ।

images

नियमित अनुगमन गर्ने क्रममा समितिको ‘क्वीक रेस्पोन्स टिम’मा सहभागी  श्रेष्ठमाथि कुटपिट गरेपछि यो घटना सार्वजनिक भएको हो। 'हामी नियमित अनुगमनमा गएका थियौँ, मैले फोहर सङ्कलनस्थलको तस्बिर खिच्न लागेको थिएँ, त्यहीबेला ममाथि एक्कासि मुक्का प्रहार भयो', उनले भने।

आक्रमणबाट घाइते भएका श्रेष्ठको टाउकोमा दुई वटा टाँका लगाइएको छ। श्रेष्ठको हाल नेपाल भारत मैत्री अस्पताल मित्रपार्कमा उपचार भइरहेको छ। रासस


प्रकाशित : मंगलबार, असार २८ २०७९१०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend