आइतबार, जेठ ६ गते २०८१    
images
images

माथिल्लो अरुणदेखि बुढीगण्डकीमा समेत लगानी गर्ने एचआईडीसीएलको घोषणा

images
मंगलबार, असार २८ २०७९
images
images
माथिल्लो अरुणदेखि बुढीगण्डकीमा समेत लगानी गर्ने एचआईडीसीएलको घोषणा
images
images

काठमाडौं- हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले जलविद्युत क्षेत्रमा आक्रामक लगानी विस्तार गर्ने भएको छ। १०६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुर सेतीमा स्रोत जुटाउने अगुवाई गरिरहेको कम्पनीले १२०० सय मेगावाटको बुढीगण्डकी आयोजनामा समेत लगानी गर्ने घोषणा गरेको छ।

images
images
images

कम्पनीको ११ औँ वार्षिक साधारणसभामार्फत लगानीमा आक्रमक विस्तार गर्ने घोषणा गरेको हो। सरकारको विद्युत् विकासको लक्ष्य पूरा गर्नका लागि भन्दै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहयोगी संस्थाको रूपमा भूमिका निर्वाह गर्ने भन्दै आयोजना कम्पनी स्थापना गराएका थिए। कम्पनीको सोमबार सम्पन्न ११ औँ वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतमले लगानीमा जोड दिने बताए। 

images

नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले एचआईडीसीएललाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको थियो। गत माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको थियो। कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोका नाममा दुई जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ। संस्थाको कुल पुँजी २३ अर्ब रूपैयाँ बराबर छ।

images
images

राष्ट्र बैंकले बाटो खोलिदिपछि कम्पनीले १०६१ मेगावाटको माथिल्लो अरुण र २१० मेगावाटको चैनपुर सेतीमा स्रोत जुटाउने अगुवाई गरिरहको छ। यस्तै, विद्युत् उत्पादन कम्पनीले अगाडि बढाइरहेको १०६ मेगावाटको जगदुल्ला र नेपाल विद्युत प्राधिकरणको ४२ मेगावाटको माथिल्लो मोदीमा लगानी गर्न सहवित्तीयकरणमा सहभागी समेत भएको छ। 

images
images

कम्पनीले नवीकरणीय ऊर्जाका अन्य स्रोतमा लगानी गर्न पाउने अनुमति समेत पाएको छ।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको बचत रकमलाई जलविद्युत् आयोजनाको सेयर लगानीमा उपयोग गरी पुँजी निर्माण गर्ने नीतिअनुसार सहायक कम्पनीमार्फत अगाडि बढाइएको घुन्सा र सिम्बुवा खोलाको निर्माण सुरु गर्ने तयारी रहेको समेत सिइओ गौतमले बताए। 

आर्थिक वर्ष २०७८/७९ को कम्पनीको प्रक्षेपित वित्तीय विवरणअनुसार पुँजी कोष २१ अर्ब ९२ करोड र अन्य दायित्व तथा व्यवस्था ९८ करोड रुपैयाँ सहित कुल वित्तीय स्रोत २२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। यस मध्ये ७ अर्ब ६९ करोड रुपैयाँ ऋण लगानीमा २ अर्ब ६८ करोड रुपैयाँ सेयर लगानीमा ११ अर्ब ३१ करोड रुपैयाँ वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा रहेको जनाइएको छ। हालसम्म १३ जलविद्युत आयोजनामा कुल १५ अर्ब ७३ करोड रुपैयाँ ऋण र १२ आयोजनासँग सम्बन्धित कम्पनीमा करिब ९ अर्ब रुपैयाँ बराबरको सेयर लगानीको प्रतिबद्धता जनाएको छ। 

दोस्रो बजारमा सस्तो मूल्यमै किन्ने अवसर

आक्रामक लगानी विस्तार गरिरहेको कम्पनीको दोस्रो बजारमा भने सस्तो मूल्यमै सेयर खरिदको अवसर लगानीकर्तालाई रहेको छ। एचआईडीसीएलको सेयर मूल्य अन्डर भ्यालु भएको दाबी विश्लेषकहरू गर्छन्।

एचआईडीसीएलको सेयर मूल्य अझै माथि जाने प्राविधिक विश्लेषणमा पनि देखिन्छ। मंगलबार कम्पनी प्रतिकित्ता १९४ रुपैयाँमा कारोबार भएको छ। कम्पनीको पछिल्लो एक वर्षमा सेयर मूल्य ५७५ रुपैयाँसम्म कारोबार भएको थियो। अहिले घटेर १९३ रुपैयाँमा आएको छ। यो मूल्य प्रतिकित्ता ३८२ रुपैयाँलेल घटेको छ। 

संस्थाको कुल पुँजी २३ अर्ब ७६ रूपैयाँ बराबर छ। कम्पनीले गतवर्ष हकप्रद दिएको थियो। यता कम्पनीको बजार पुँजीकरण ४५ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ। कम्पनीले सेयरधनीलाई गतवर्षको नाफाबाट ८.४२ प्रतिशत लाभांश दिएको थियो। 


प्रकाशित : मंगलबार, असार २८ २०७९१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend