आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

श्रीलंकाका पूर्वअर्थमन्त्रीको देश छाडेर भाग्ने प्रयास असफल

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २८ २०७९
श्रीलंकाका पूर्वअर्थमन्त्रीको देश छाडेर भाग्ने प्रयास असफल

राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा नदिएसम्म राष्ट्रपति भवनबाट बाहिर ननिस्कने आन्दोलनमा रहेका नागरिकले बताएका छन्। 

कोलम्बो (रासस/एएनआई)- श्रीलंकाका पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा भाइ बासिल राजापाक्षको देश छाडेर भाग्न असफल भएका छन्। सोमबार बेलुका उनलाई संयुक्त अरब इमिरेट्सको दुबई जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

देशमा जारी चरम आर्थिक संकटका बेला बासिलले श्रीलंका छोड्ने प्रयास गरेकामा त्यसको हवाइजहाजका यात्रीले घोर विरोध गरेपछि अध्यागमन अधिकारीहरूले उनलाई विमान चढ्न नदिएका डेली मिररले छापेको छ। 

यसैबीच, राष्ट्रपति गोटाबायाले देश नछाडेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन्। शनिबार राजीनामाको घोषणा गरेका उनी भागेर तेस्रो मुलुक गएका बताइएको थियो। प्रधानमन्त्री रनिल विक्रमासिङ्घे पनि स्वदेशमा नै रहेको दाबी उनले गरेका छन्। 

शनिबार राष्ट्रपति भवनमा प्रवेश गरेका हजारौँ प्रदर्शनकारीमध्ये केहीले त्यहाँ क्यारम बोर्ड खेलेको, सोफामा सुतिरहेको, बगैँचामा रमाइलो गरेको र भान्सामा खानाको लागि खाना तयार गरेको साथै स्वीमिङ गरेको दृश्यहरू सार्वजनिक भएका थिए। राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा नदिएसम्म उनीहरूले राष्ट्रपति भवनबाट बाहिर ननिस्कने बताएका छन्। 


प्रकाशित : मंगलबार, असार २८ २०७९०८:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend