आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

यी हुन् विश्वमा उपलब्धमध्ये सबैभन्दा छिटो चार्ज हुने विद्युतीय कार, दुई कार आउँछन् नेपाल

मंगलबार, असार २८ २०७९
यी हुन् विश्वमा उपलब्धमध्ये सबैभन्दा छिटो चार्ज हुने विद्युतीय कार, दुई कार आउँछन् नेपाल

यहाँ हाल विश्वमा उपलब्ध सबैभन्दा कम समयमा अर्थात छिटो चार्ज हुने ५ वटा कार बारे उल्लेख गरिएको छ। 

काठमाडौं- विश्वभर विद्युतीय कारको उत्पादन तथा उपभोक्ताको संख्या बढ्दै गएको छ। सेमिकन्डक्टरलगायत सप्लाइ चेनमा समस्या थिएन भने अहिले विद्युतीय सवारीको प्रयोगकर्ताको संख्या अझै बढेको हुने थिए। 

सवारी उत्पादकहरुले सामान्यदेखि उत्कृष्ट खालका विद्युतीय कार बजारमा ल्याइसकेका छन् भने अझै परिस्कृत कारहरु आउने क्रममा छन्। विद्युतीय कारको सबैभन्दा महत्वपूर्ण पक्ष चार्ज गर्ने समय र रेन्ज नै हो। विश्वभरका विद्युतीय कार खरिदकर्ता वा प्रयोगकर्ताको चासो नै रेन्ज र चार्ज गर्न लाग्ने समयमा छ। 

यद्यपी विद्युतीय सवारीको क्षेत्रमा सयौं कम्पनीहरुले अर्बौं डलर लगानी गरेर अध्ययनअनुसन्धान गरिरहेका छन्। त्यसैले यसको प्रविधिमा निक्कै परिवर्तन आइरहेको छ। विगतको तुलनामा ब्याट्रीको लागत कम भएको छ, चार्जिङ समय घटेको छ, रेन्ज बढेको छ। यी कुरा समयक्रमअनुसार झै परिवर्तन हुँदै जाने छ त्यो पनि निकट भविष्यमै। 

यहाँ हाल विश्वमा उपलब्ध सबैभन्दा कम समयमा अर्थात छिटो चार्ज हुने ५ वटा कार बारे उल्लेख गरिएको छ। 

पोर्स्च टाइक्यान प्लस

जर्मन स्पोर्ट कार ब्रान्ड पोस्र्चको सबैभन्दा पहिलो विद्युतीय कार हो टाइक्यान प्लस हो। यो कार नै विश्वको सबैभन्दा कम समय चार्ज हुने विद्युतीय कार हो। टाइक्यान प्लस एसी चार्जर मार्फत चार्ज गर्दा १ घण्टामा ५३ किलोमिटर कुदाउन सकिन्छ। यता डीसी चार्जबाट १ घण्टा चार्ज गर्दा यो कार १ हजार ४६ किलोमिटर कुदाउन सकिने दाबी कम्पनीले गरेको छ। पोस्र्चको यो कार भने नेपाल आउने सम्भावना छैन। 

किया ईभीसिक्स लङ रेन्ज २डब्लूडी

कियाको ईभीसिक्स लङ रेन्ज २डब्लूडी विश्वको दोस्रो छिटो चार्ज हुने विद्युतीय कार हो। यो कार पनि एसी चार्जरबाट १ घण्टा चार्ज गर्दा ५१ किलोमिटर कुदाउन सकिन्छ। तर डीसी चार्जरबाट १ घण्टा चार्ज गर्दा १ हजार ४६ किलोमिरट कुदाउन सकिने कम्पनीले जनाएको छ। कियाका कार नेपाली बजारमा आधिकारिक रुपमा भित्रिएकाले कियाको यो कार नेपाल आउन सक्छ। भारतमा ईभीसिक्स सार्वजनिक हुने क्रममा रहेकाले नेपालमा पनि ईभीसिक्सको स्ट्यान्डर्ड भर्सन भने छिट्टै आउने सम्भावना छ। 

मर्सिडिज ईक्यूएस ५८० फोरम्याटिक

मर्सिडिज ईक्यूएस ५८० फोरम्याटिक निक्कै आकर्षक लक्जरी विद्युतीय कार हो। मर्सिडिजको एस–क्लास सेडानमा वर्गीकरण भएको यो विद्युतीय कारले एसी चार्जर मार्फत १ घण्टा चार्ज गर्दा ५३ किलोमिटर रेन्ज दिन्छ। त्यस्तै एसी चार्जर मार्फत १ घण्टा चार्ज गर्दा ७ सय ८८ किलोमिटर रेन्ज दिन्छ। यो कार पनि तत्काल नेपाल आउने सम्भावना छैन। नेपाली आधिकारिक बिक्रेतालाई मर्सिडिजले वाच लिस्टमा राखेको छ, उक्त लिस्टमा रहुन्जेल कार नेपाल आउने छैन। 

टेस्ला मोडल वाई लङ रेन्ज डुवल मोटर

टेस्लाको यो कार विश्वको दोस्रो धेरै बिक्री हुने विद्युतीय कार हो। टेस्लाको मोडल वाई लङ रेन्ज डुवल मोटरले सी चार्जर मार्फट १ घण्टा चार्ज गर्दा ५४ किलोमिटर रेन्ज दिन्छ। तर डीसी चार्जबाट १ घण्टा चार्ज गर्दा ५ सय ९५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। टेस्लाका विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ। केकी दिन अघिमात्र टेस्लाको मोडल वाई कार नेपाल आएको थियो। 

हुन्डाई आयोनिक फाइभ लङ रेन्ज २डब्लूडी

हुन्डाईको आयोनिक फाइभ विद्युतीय कार निक्कै आकर्षक छ। यो कार एसी चार्जरबाट १ घण्टा चार्ज गर्दा ५९ किलोमिटर रेन्ज दिन्छ। तर डीसी चार्जरबाट १ घण्टा चार्ज गर्दा हुन्डाई आयोनिक फाइभ लङ रेन्ज २डब्लूडीले ९ सय ३३ किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। 

हुन्डाई आयोनिक फाइभ स्ट्यान्डर्ड भर्सन नेपाली बजारमा समेत उपलब्ध रहेको छ। नेपाली बजारमा यो कार हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भित्र्याएको हो। 


प्रकाशित : मंगलबार, असार २८ २०७९०५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend