बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

७१ महिनापछिकै उच्च मूल्यवृद्धि 

सोमबार, असार २७ २०७९
७१ महिनापछिकै उच्च मूल्यवृद्धि 

जेठमा कायम भएको मूल्यवृद्धि गएको ६ वर्षकै उच्च हो। वार्षिक बिन्दुगत आधारमा गएका ७१ महिनाकै उच्च मूल्यवृद्धि जेठमा भएको छ। 

काठमाडौं- यो वर्षको जेठमा ८.५६ प्रतिशतले मूल्यवृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा जेठमा अघिल्लो वर्षको तुलनामा ८.५६ प्रतिशतले मूल्यवृद्धि भएको हो। 

पछिल्ला महिनामा मूल्यवृद्धि निरन्तर उकालो लागेको छ। फागुनदेखि तीव्र गतिले मूल्यवृद्धि उकालो लागेको छ। 

जेठमा कायम भएको मूल्यवृद्धि गएको ६ वर्षकै उच्च हो। वार्षिक विन्दुगत आधारमा गएका ७१ महिनाकै उच्च मूल्यवृद्धि जेठमा भएको छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ को साउनमा ८.६१ प्रतिशतको मूल्यवृद्धि भएको थियो। त्यसपछिका वर्षका कुनै पनि महिनामा यो बिन्दुभन्दा माथिको मूल्यवृद्धि भएको थिएन। 

यो वर्षको जेठमा कायम भएको ८.५६ प्रतिशतको मूल्यवृद्धि ७१ महिनाकै उच्च हो। 


प्रकाशित : सोमबार, असार २७ २०७९११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend