सोमबार, असोज ७ गते २०८१    
images
images

आगामी आर्थिक वर्षको बजेट संशोधन गर्नुपर्छ : युवराज खतिवडा

'संशोधन नगरी कार्यान्वयन गरे अर्थतन्त्र संकटमा पुग्छ'

images
सोमबार, असार २७ २०७९
images
images
आगामी आर्थिक वर्षको बजेट संशोधन गर्नुपर्छ : युवराज खतिवडा

बजेटले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्ने गरी मौद्रिक नीति बनाउन नहुने पनि उनले बताए। 

images
images

काठमाडौं- पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट संशोधन हुनुपर्ने बताएका छन्।

images
images
images

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डा. खतिवडाले अहिले पास भएकै बजेट कार्यान्वयन गर्न दिने हो भने अर्थतन्त्र संकटमा पुग्ने बताए। ‘जनताले अनुमोदन नगरेका धेरै विषय बजेटमा परेका छन्, ६८ वर्ष वृद्धभत्ता पुर्याउँछु भनेर कुनै पनि पार्टी जनतामा गएका थिएनन्, तर सरकारले बजेटमार्फत त्यो व्यवस्था ल्यायो, यो जनअनुमोदित होइन,’ उनले भने, ‘यस्ता धेरै कारणले बजट कार्यान्वयनयोग्य होइन।’

भुक्तानी सन्तुलनमा देखिएको समस्या, व्यापार घाटा, मूल्यवृद्धिलगायत अर्थतन्त्रका समस्या समाधान गर्ने गरी बजेट नआएको पनि उनले बताए। ‘यी समस्या समाधान गर्नेतर्फ सोचेको भए ६ प्रतिशतको मात्रै आर्थिक वृद्धिको लक्ष्य राख्नुपथ्र्यो’ उनले भने। बजेटले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्ने गरी मौद्रिक नीति बनाउन नहुने पनि उनले बताए। 

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य नरहेको बताए। ‘बजेट संसद्बाट पारित भए पनि त्यसको लेखन प्रक्रियाका संसद्ले नै प्रश्न उठाउँदै छानबिन समिति बनाएको छ’ उनले भने, ‘त्यो नसकिएसम्म आगामी आर्थिक वर्षका लागि यसलाई बजेट मान्न सकिँदैन।’ आफूहरुले सरकार छोड्दा बलियो अर्थतन्त्र छोडे पनि वर्तमान सरकारले त्यसलाई कमजोर बनाएको उनले बताए। 

images

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेर मौद्रक नीति बनाउनु मुर्खतापूर्ण हुनेछ : पृथ्वीराज लिग

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले राजनीतिक रुपमा नेपाल श्रीलंकाजस्तै रहे पनि आर्थिक रुपमा त्यस्तो नभएको बताए। सरकारले आर्थिक संकटका बेला पनि विस्तारकारी बजेट ल्याएर गल्ती गरेको उनले बताए। ‘बजेटले लिएका लक्ष्यजस्तै सरकारले ८ प्रतिशत नै आर्थिक वृद्धिको लक्ष्य राखेर राष्ट्रबैंकले मौद्रिक नीति बनायो भने त्यो मूर्खतापूर्ण हुनेछ, अहिले मूल्य घटाउनुपर्ने तथा बजारमा माग पनि घटाउनुपर्ने हुनाले त्यसलाई समेत विचार गरेर मौद्रिक नीति ल्याउनुपर्छ,’ उनले भने। 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. दिलनाथ दंगालले अहिलेको समस्या समाधान गर्न आयात निरुत्साहन गर्नुपर्ने र स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्ने बताए।


प्रकाशित : सोमबार, असार २७ २०७९११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend