शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

८.५६ प्रतिशत पुग्यो मूल्यवृद्धि, सबैभन्दा धेरै यातायातमा बढ्यो 

images
सोमबार, असार २७ २०७९
images
images
८.५६ प्रतिशत पुग्यो मूल्यवृद्धि, सबैभन्दा धेरै यातायातमा बढ्यो 

अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि निरन्तर बढिरहेको छ। त्यसैको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको जेठमा मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ। पछिल्लो समय निरन्तर बढ्दै आएको मूल्यवृद्धि जेठमा आएर उच्च अंक कायम भएको छ। 

images
images

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वार्षिक विन्दुगत आधारमा जेठमा ८.५६ प्रतिशत मूल्यवृद्धि कायम भएको छ। अघिल्लो वर्षको जेठको तुलनामा यो वर्षको मूल्यवृद्धिको मापन हो। 

images
images

पछिल्ला महिनामा मूल्यवृद्धि निरन्तर बढ्दै आएको छ। बैशाखमा ७.८७ प्रतिशत थियो, चैतमा ७.२८ प्रतिशत थियो। प्रत्येक महिना मूल्यवृद्धि उकालो लागिरहेको छ। 

images
images
images

अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि निरन्तर बढिरहेको छ। त्यसैको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष जेठमा मूल्यवृद्धि ४.१९ प्रतिशत रहेको थियो। 

खाद्यान्न समूहमा धेरै घ्यू तथा तेलको मूल्यवृद्धि भएको छ। तथ्यांकअनुसार जेठमा अघिल्लो वर्षको जेठको तुलनामा २२.६० प्रतिशतले बढेको छ।

त्यस्तै दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः ११.२२ प्रतिशत, ९.७० प्रतिशत, ९.६८ प्रतिशत र ९.१३ प्रतिशत रहेको छ । 

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायातको मूल्य सबैभन्दा धेरै २५.७९ प्रतिशतले बढेको छ। यो समूहमा शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरू, मनोरञ्जन तथा संस्कृति र घरायसी सामग्रीको मूल्यवृद्धि क्रमश: ११.६४ प्रतिशत, ८.३० प्रतिशत, ८.२१ प्रतिशत र ७.८४ प्रतिशत रहेको छ।

थोक मूल्यवृद्धि ‍१४.७७ प्रतिशत पुगेको छ। 


प्रकाशित : सोमबार, असार २७ २०७९१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend