आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

ब्रोकरको संख्या थप्ने व्यवस्थाप्रति व्यवसायीको विरोध 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २७ २०७९
ब्रोकरको संख्या थप्ने व्यवस्थाप्रति व्यवसायीको विरोध 

अहिले आफूहरूले गरिरहेको कामलाई अपमान गरेको, अहिलेकै व्यवसायीलाई विस्तारका लागि कुनै अवसर नै नदिइ स्वार्थका भरमा नयाँ ब्रोकर लाइसेन्स बाँड्न खोजिएको एसोसिएसनले आरोप लगाएको छ। 

काठमाडौं- धितोपत्र बोर्डले ब्रोकरको संख्या थप गर्ने व्यवस्थासहितको प्रस्ताव अघि बढाएपछि अहिलेका ब्रोकरहरूले विरोध जनाएका छन्। 

नेपालमा अहिले धितोपत्र दलालको काम गरिरहेका व्यवसायीहरूले ब्रोकर थप गर्ने व्यवस्थाको विरोध जनाएका हुन्। 


नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी  ( धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता ) नियमावली, २०६४ संसोधन गर्ने निर्णय गरि संसोधन प्रस्ताव नेपाल सरकार अर्थ मन्त्रालयमा बुझाइसकेको छ। 

सरकारले उक्त प्रस्ताव अघि बढाउने तयारी गरेको छ। यो व्यवस्था अनुसार धितोपत्र बजारलाई काठमाडौं बाहिर विस्तार गर्नका लागि भन्दै नयाँ ब्रोकर थप गर्ने व्यवस्था गरिएको छ। 

तर नेपाल स्टक ब्रोकर एसोसिएसनले भने यसको विरोध जनाएको छ। 

अहिले आफूहरूले गरिरहेको कामलाई अपमान गरेको, अहिलेकै व्यवसायीलाई विस्तारका लागि कुनै अवसर नै नदिइ स्वार्थका भरमा नयाँ ब्रोकर लाइसेन्स बाँड्न खोजिएको एसोसिएसनले आरोप लगाएको छ। 

'हाल सञ्चालनमा रहेका व्यवसायीहरूबाट भौगोलिक रुपमा बजारको तथा सेवाको बिस्तार हुन नसकेको भन्ने तथ्यहीन आरोप तथा नियमित चक्रमा चल्ने बजारमा आएको गिरावटबाट बजारलाई उकास्ने बहानाका आधारमा उक्त मस्यौदामा प्रस्ताव गरिएको धितोपत्र दलाल व्यवसयीको संख्या वृद्धिको प्रावधानले दसकौँदेखि कायम हाम्रो निष्ठा तथा इमान्दारितालाई समाप्त गरेको पनि हामीले महसुस गरेकाछौँ । यसबाट हामी व्यवसायी अत्यन्तै चिन्तित र दु:खी भएका छौं' एसोसिएसनले धितोपत्र बोर्डमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 

धितोपत्र बजारमा बल्ल प्रविधिको प्रयोगले बजारको विस्तार हुने अवसर आएको बेला वर्षौँदेखि कठिन अवस्थामा काम गरेका आफूहरूलाई यसको लाभ लिने अवसर नै नदिएको उनीहरूले गुनासो गरेका छन्। 

बोर्डले अघि बढाएको प्रस्ताव फिर्ता गर्न उनीहरूले माग गरेका छन्। 

 


प्रकाशित : सोमबार, असार २७ २०७९०८:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend