बिहीबार , असोज ३ गते २०८१    
images
images

कारोबार सुरु हुनेबेला सांसदहरूको छलफलले सेयर बजारमा पहिरो, संकट कहिलेसम्म?

images
सोमबार, असार २७ २०७९
images
images
कारोबार सुरु हुनेबेला सांसदहरूको छलफलले सेयर बजारमा पहिरो, संकट कहिलेसम्म?
images
images

काठमाडौं- यो साताको पहिलो कारोबारमा सोमबार सेयर बजारमा व्यापक गिरावट देखिएको छ। सोमबार ७७.०१ अंकको गिरावटसँगै १९१५.६१ बिन्दुमा झरेको छ। 

images
images
images

सोमबार २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। जसमा १८८ कम्पनीको सेयर मूल्य घटेको छ। एक कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। सोमबारको कारोबारमा सोल्टी होटल लिमिटेडको मात्र सेयर मूल्य बढेको हो। युनिलिभर नेपाल लिमिटेडको मूल्यमा परिवर्तन भएन। 

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहेको छ। यस्तोमा बजारमाथिको चलखेल र अनावश्यक क्रियाप्रतिक्रियासमेत बढिरहेको छ। गएको साता समग्रमा ३६.२ अंकको गिरावट देखिएर बजारमा सोमबार कारोबार सुरु हुनुअघि सांसदको अज्ञानता र नियामकीय कमजोरी अधोगतिको कारण बनिदियो।

सोमबार बिहान मौद्रिक नीतिको विषयमा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा सांसदहरूले सेयर कारोबारमा प्रभाव पर्नेगरी विषयहरू राखिदिए। जहाँ गभर्नर महाप्रसाद अधिकारीले समेत सेयर धितोको कर्जाका विषयमा धारणा राखे। अधिकारीले सेयर कर्जामा रहेको ४/१२ को नीतिका विषयमा आफू बोल्न नमिल्ने भन्दै लगानीकर्ताले आश गरेअनुरुप नहुनेतर्फ संकेत गरे। 

images

मौद्रिक नीतिका विषयमाथि अर्थ समितिमा भएको छलफलका क्रममा समिति सभापति एवं नेकपा एमाले सांसद कृष्णप्रसाद दाहालले 'सेयर बजार ओरालो लागेको र यसलाई सम्बोधन गर्न मौद्रिक नीतिले के व्यवस्था गर्न लागेको छ?' भन्दै प्रश्न गरेका थिए। 

यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी ओरालो लागेको संगठित लगानीकर्ताहरूको बुझाइ छ। त्यसमा परिवर्तन हुनुपर्ने भन्दै उनीहरूले निरन्तर सुझाव दिँदै खबरदारीसमेत गरिरहेका छन्।

निरन्तर घट्दो ट्रेन्डमा रहेको बजारमा सुधार ल्याउनका लागि नियामकीय सुधारका काम नै हुनुपर्ने विश्लेषकहरू बताउँछन्। पुँजी बजार नियामकहरूको साथ मिल्ने परिस्थिति भने देखिँदैन। विशेष गरी लगानीकर्ताहरू अब आउने मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा देखिन्छन्। सम्भवत: साउन पहिलो साता आउने मौद्रिक नीतिले बजारमा देखिएका अन्य समस्याका साथै पुँजी बजारलाई पनि ध्यान दिने आश उनीहरूमा देखिन्छ।

यस्तोमा गभर्नर अधिकारीले गएका केही दिनदेखि संकटको बेला सबै कुरा सहज नहुने भन्दै परिस्थिति अनुरुप अघि बढ्ने बताइरहेका छन्। समय र अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति आउने उनको भनाइ छ। वर्तमान स्थितिमा अब आउने मौद्रिक नीतिमा पनि विशेष परिवर्तन हुनेगरी राष्ट्र बैंक तयार देखिँदैन। यसैले बजारको घट्दो अवस्था कहाँ पुगेर थामिन्छ भन्ने यकीन आधार देखिँदैन। 

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेर ओरालो यात्राको उतारचढावमा लाग्दा बेलाबखत ठूलो अंकको वृद्धि देखिने गरेको छ। तर त्यसले बजारको अवस्थाअनुरुप निरन्तरता भने पाउन सकेको छैन। अहिलेको अवस्थामा बजारमा देखिएको उतारचढावसँगै परिसूचक १७५० को बिन्दुसम्म पुग्ने केही विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, असार २७ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend