बुधबार, वैशाख १२ गते २०८१    
images
images

व्यास नगरपालिकाले दियो वैदेशिक रोजगारीबाट फर्किएकालाई २४ लाख ७५ हजार अनुदान

images
बिजनेस न्युज
images
images
व्यास नगरपालिकाले दियो वैदेशिक रोजगारीबाट फर्किएकालाई २४ लाख ७५ हजार अनुदान
images
images

तनहुँ- व्यास नगरपालिका कार्यालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई अनुदान दिएको छ। रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउन २४ लाख ७५ हजार रुपैयाँ अनुदानस्वरुप वितरण गरेको हो। 

images
images
images

नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा बसेर विभिन्न व्यवसायमा आवद्ध भएका व्यक्तिलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको नगरपालिका कार्यालयले जनाएको छ।

images

विदेशबाट फर्किएर व्यवसाय सञ्चालन गर्दै आएका ५७ व्यक्तिलाई अनुदान प्रदान गरिएको व्यास नगरपालिकाका लेखा अधिकृत कुमार कञ्चन जिसीले जानकारी दिए। अनुदानका लागि १०१ जनाको आवेदन परेकोमा ५७ जनालाई अनुदान प्रदान गरिएको छ। आवेदन परेकामध्ये १२ जनाको सुरुमा नै आवश्यक कागजात नपुगेकाले फर्काइएको उनले बताए। 

images

यस्तै ८९ जनाको व्यवसायको स्थलगत अनुगमन गरी पूर्ण रुपमा मापदण्ड पूरा गर्ने ५७ व्यक्तिलाई अनुदान प्रदान गरिएको छ। नगरपालिकाले ६१ जनालाई अनुदान रकम, ५७ जनालाई प्रोत्साहन अनुदान प्रदान गरेको र तीन जनाले कृषि र पशुपालनबाट अनुदान पाएकाले दोहोरो नहुने गरी समावेश गरिएको छ।

images
images

मापदण्ड पूरा गरेका व्यवसायको आकार अनुसार २५ हजारदेखि एक लाख रुपैयाँसम्म अनुदान प्रदान गरिएको जिसीले बताए। एक लाखभन्दा बढी अनुदान दिन नपाउने प्रावधान रहेकाले क्षेत्राधिकारभित्र रहेर वैदेशिक रोजगारीबाट फर्किएर यही व्यवसाय गर्ने व्यक्तिलाई अनुदान प्रदान गरिएको सूचना अधिकारी जिसीले बताए। 

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउने उद्देश्यले अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याइएको उनले बताए। स्वदेशमा नै स्वरोजगार भएर बस्ने वातावरण तयार गर्ने नगरपालिका तथा जनप्रतिनिधिको प्रतिबद्धता अनुसार अनुदान प्रदान गरिएको हो। 

व्यास दूध र मासुमा व्यास नगरपालिका आत्मनिर्भर भइसकेकोले अन्य खाद्यवस्तुमा आत्मनिर्भर बनाउन युवाको जोस र लगनशीलताका सम्मान गर्न लागेको हो। विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्नुपर्छ, भन्ने उद्देश्यले समृद्ध व्यास नगर बनाउन आवश्यक देखिएकोले अनुदानका कार्यक्रम ल्याइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए। कृषिजन्य र गैरकृषिजन्य भूमिको वर्गीकरण गर्ने तयारीमा व्यास नगरपालिका रहेको छ। 

विदेशमा सिकेको सीपलाई यही उपयोग गर्दै यहाँ उत्पादित बाँस, कसेल्टाको मुडा, चकटी लगायतका सामग्री निर्माण गरी विदेश निर्यात गर्ने विषयमा पनि छलफल भइरहेको नगरप्रमुख न्यौपानेले बताए। युवालाई तालिम र सीप प्रदान गरी उद्यमशील बनाउने योजना नगरपालिकाले लिएको छ। यसवर्षको अनुदानमा नसमेटिएका व्यवसायीलाई आगामी वर्ष प्रदान गर्ने गरी व्यवसायलाई विस्तार गर्ने योजना रहेको नगर प्रमुख न्यौपानेले बताए। रासस

images

प्रकाशित : सोमबार, असार २७ २०७९०७:०८
प्रतिक्रिया दिनुहोस