आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

नेपाललाई आर्थिक संकटमा फस्‍न नदिनका लागि संसारभरका नेपालीले सहयोग गर्नुपर्छ : चन्द्र ढकाल 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २७ २०७९
नेपाललाई आर्थिक संकटमा फस्‍न नदिनका लागि संसारभरका नेपालीले सहयोग गर्नुपर्छ : चन्द्र ढकाल 

लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको उनको भनाई थियो । 

काठमाडौं-  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेत देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन्। 

नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, 'विश्वमा देखिएको कोरोना प्रभावले आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, त्यो समस्या हामी पनि झेलिरहेका छौँ।'

उनले नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाइराख्न संसारभरमा रहेका नेपालीहरूले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे। 

'नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरूले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोस् र नेपालमा बढीभन्दाबढी लगानी ल्याउनुहोस भन्ने मेरो आग्रह छ' उनले भने । 

उनले सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरू देखा परिरहेको र महंगी बढेको, र त्यसको मारमा नेपाली पनि परेको उनको भनाइ छ। 

लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको उनको भनाई थियो । 


प्रकाशित : सोमबार, असार २७ २०७९०५:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend