शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

समय र अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति आउँछ, मेरो इच्छाले हुँदैन : गभर्नर अधिकारी 

images
आइतबार, असार २६ २०७९
images
समय र अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति आउँछ, मेरो इच्छाले हुँदैन : गभर्नर अधिकारी 
images
images

काठमाडौं- समय र अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति आउने हुँदा अहिलेको अप्ठ्यारो परिस्थितिमा आफूले चाहेरमात्र पनि सबै कुरा सहज नहुने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। 

images
images
images

'समय र अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति आउने हो, मेरो इच्छाअनुसार आउने होइन' उनले भनेका छन्, 'अर्थतन्त्रका सूचक ठीक ठाउँमा छैनन्। सुविधाजनक संकेत छैन। चालु खाता तथा भुक्तानी सन्तुलन ऋणात्मक भइरहेको छ। यस्तोमा धेरै सचेत हुनुपर्छ। यी समस्या सुधारका लागि केही सहनु पनि पर्छ। राज्य र व्यवसायी दुवैले सहनुपर्छ। सहने कुराका लागि हामी तयार हुनुपर्छ।' 

images
images

'निजी क्षेत्रबाट आएका सुझावलाई हामी सिरियसली लिन्छौँ। नीति बनाउँदा सबैका सुझाव हेरिन्छ। विशेषत: कोरोनापछिका संकट र त्यसको परिणामले मुद्रास्फीतिको दबाब हाम्रोमा देखिएको छ' आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी मौद्रिक नीतिका बारेमा गरेको छलफलमा उनले भने।  

images
images

अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उनले भने- 'यो बाह्य क्षेत्रबाट आएको छ। बाह्य क्षेत्रको लिङकेज सबैतिर छ। यसका चुनौती थुप्रै छन्। चुनौती न्यूनीकरणका लागि सबैतिरबाट पहल भइरहेका छन्। पहिला अर्थतन्त्रको प्रणाली ठीक राख्नुपर्छ तबमात्र हामीले व्यापार तथा प्रतिस्पर्धा गर्न सक्छौँ। यो कुरा निजी क्षेत्रले बुझ्नुपर्छ। व्यापारीले नाफा खोज्नु स्वभाविक हो। तर अर्थतन्त्रलाई सुरक्षित राख्नका लागि नीति निर्माण गर्ने हो।'

व्यवसायीको कल्याणका लागि सबैले काम गरिरहेको उनले बताए। 'कोभिडको समयमा पनि त्यसमा कामहरू गरेका थियौँ। त्यसमा कति अप्ठ्यारा हट्दै गएका छन्। जस्तो सीआरआर अहिले पनि तीन प्रतिशत छ। बैंकदर पनि पाँचबाट सात प्रतिशत पुगेको छ' उनले भने।  

उनले थपे- 'दुई वर्षअघि फिक्स टर्म लोन पाँच वर्षसम्म ब्याज फिक्स गर्न सक्नुहुन्छ। यस्तो सुविधा लिने धेरै हुनुहुन्छ। अर्बौंको ऋण ६ प्रतिशतमा गएको छ तीन वर्षका लागि। अर्को बेसरेटमा प्रिमियम। यसमा प्रिमियम परिवर्तन गर्न पाइदैन। बेस रेट बढ्दा प्रिमियम फिक्स हुन्छ। प्रिमियम बढेको गुनासो पनि आउँछ।'

व्यवसायीहरूमा बैंकिङ साक्षरता हुनुपर्ने भन्दै उनी भन्छन्- 'यहाँहरूले वर्किङ क्यापिटल लोन फ्लोटिङ हुन्छ। यसमा बैंकले बजारदर अनुसार ब्याजदर बढाउने तथा घटाउने हुन्छ। कम्तिमा यत्तिको बैंकिङ साक्षरता व्यवसायीले लिनुपर्छ।' 


प्रकाशित : आइतबार, असार २६ २०७९१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend