सोमबार, वैशाख ३१ गते २०८१    
images
images

३ दिनको प्यानिक सेलले २०४ अंकको पहिरो, किन आत्तिएर सेयर बिक्री गर्दैछन् लगानीकर्ता?

images
images
images
३ दिनको प्यानिक सेलले २०४ अंकको पहिरो, किन आत्तिएर सेयर बिक्री गर्दैछन् लगानीकर्ता?

गत साता सेयर बजारले यो सिजनको सर्वाधिक तल्लो बिन्दुलाई छोएर उकालो यात्रा तय गरेको विश्लेषण गरिएको थियो। तर उक्त विश्लेषण एक साता पनि टिकेन। प्राविधिक विश्लेषणमा भनिएको सर्वाधिक तल्लो बिन्दुबाट झन् तल झर्‍यो।

images
images

काठमाडौं- गत साता सेयर बजारले यो सिजनको सर्वाधिक तल्लो बिन्दुलाई छोएर उकालो यात्रा तय गरेको विश्लेषण गरिएको थियो। तर उक्त विश्लेषण एक साता पनि टिकेन। प्राविधिक विश्लेषणमा भनिएको सर्वाधिक तल्लो बिन्दुबाट झन् तल झर्‍यो।

images
images
images

आइतबार ७३.०५ अंकले घटेको नेप्से परिसूचक सोमबार ६१.२७ अंकले घटेको थियो। सेयर बजारको उक्त गिरावट मंगलबार पनि रोकिएन। मंगलबार ७०.०१ अंकले घटेर नेप्से परिसूचक २६१५.४० अंकमा आइपुगेको छ। तीन दिनमा २ सय ४ दशमलव ३६ अंकले घटेको छ। 

images

यस पटक प्राविधिक विश्लेषणले पनि काम गरेन। प्राविधिक विश्लेषणको पछि लागेर सेयर खरिद गरेकाहरू उल्टै नोक्सानमा देखिए। प्राविधिक विश्लेषणले बजार सुधारको संकेत गरे पनि सैद्धान्तिक आधार भने बलियो थिएन। वाणिज्य बैंकहरुमा तरलता अभाव थप चर्किदै गएको छ। यस महिनामा निक्षेपको व्याजदर बढाएका बैंकहरुले अर्को महिनाका लागि कर्जाको व्याजदर पनि बढाउने पक्का छ। 

images

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको निक्षेप तथा कर्जा लगानीको विवरण हेर्दा निक्षेप संकलन भन्दा कर्जा विस्तारमा बैंकहरु दिन दिदै आक्रामक हुँदै गएका छन्। अहिलेको बजार घट्नुमा सबैभन्दा ठूलो दोष नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रहेको नेपाल इन्भेष्टर फोरमका निर्वतमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। 

images
images

पूर्वगभर्नर तथा अर्थमन्त्री डा युवराज खतिवडाले नियुक्त गरेका अझ उनकै चेला अधिकारी खतिवडा पथमा हिँडेको उनको तर्क छ। अधिकारी नियोजित रुपमै सेयर बजार घटाउने योजनामा अगाडी बढेको रौनियारको आरोप छ। 

मौद्रिक नीति आउनु भन्दा अगाडिदेखि नै अधिकारीले सेयर बजार धेरै नै बढेको र यसलाई साइजमा ल्याउने पक्षमा थिए। अधिकारीले ठूला लगानीकर्तालाई आरोप लगाएर साना लगानीकर्ताको सम्पत्ती सक्काएको विश्लेषकहरु बताउँछन्।

लगानीकर्ताले मौद्रिक नीतिपछि अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर मौद्रिक नीतिलाई सच्याउन अनुरोध गरेका थिए। लगानीकर्ताको आग्रहलाई मान्दै शर्माले अधिकारीलाई भेटेरै निर्देशन पनि दिए। यसै अवधिमा सेयर बजार पनि बढ्यो तर पुँजी बजार संघर्ष समिति उल्टै अर्थमन्त्री र अधिकारीको राजीनामा माग गर्दै आमरण अनसनमा उत्रियो। यहि कारणले शर्मा र अधिकारी चिढिएको विश्लेषकहरु बताउँछन्। 

यहि परिवेशलाई नजिकबाट नियालेका ब्रोकरहरुले आफ्ना ग्राहकलाई सेयर खरिद नगर्न अनुरोध गर्दै आएका छन्। अहिले ब्रोकरलाई फोन गरेर सेयर किन्न बेला भएको हो? भनेर सोध्यो भने अहिले सेयर नकिन्नु है भन्ने सुझाव आउँछ। उनिहरु बजार अझै तल झर्ने भनिरहेका छन्। झर्ने क्रम दसैँसम्म रहन सक्ने उनीहरुको आँकलन छ। ब्रोकरले आफ्ना निकट ग्राहकहरुलाई दिँदै आएको सुझाव अहिले सेयर बजारमा सर्वत्र छ। जसले गर्दा आम मनाेविज्ञान नै सेयर बजार तल झर्छ भन्ने रहेको छ। 

यसै क्रममा उनीहरुले यदि नाफा छ भने सेयर बिक्री गरेर पैसा बनाउँदा हुन्छ भनिरहेका छन्। लाखौँ लगानीकर्ता माझ पुगेको अनलाइन ट्रेडिङका बाबजुत पनि निश्चित ब्रोकरको ह्वीमले बजार चलिरहेको छ। यसै क्रममा जो जोसँग अलि अलि नाफा छ उनीहरुले सेयर बिक्री गरिरहेका छन्। यसै क्रममा भर्खरै सेयर बजार प्रवेश गरेका र अलि अलि नोक्सानमा रहेकाहरु पनि स्टप लसको रणनीति बनाइरहेका छन्। 

सेयर बजार बुलिस ट्रेण्डमा अगाडि बढेको भनियता पनि पछिल्लो समय बजार प्रवेश गरेका तर बजार नबुझेका लगानीकर्ताको कारणले पनि बजार तल झर्न मद्दत गरिरहेको छ। बजारमा लगानी गरेपछि कमाइहालिन्छ नि भन्ने मनोविज्ञानका लगानीकर्ताहरुलाई पछिल्लो समयको गिरावटले ठूलै धक्का दिएको छ। अहिले उनिहरुकै पेनिक सेलले सेयर बजार झन तल झरिरहेको छ। 

सेयर बजार ३२०० हुँदा सेयर बिक्री गरेर बाहिरिएका लगानीकर्ताहरु पनि बजार तल झार्न भरमजबुत प्रयास गरिरहेका छन्। उक्त लगानीकर्ताहरुमा ब्रोकर, ब्रोकर कार्यालयका कर्मचारी, व्यवसायी, व्यापारी तथा केहि ठूला लगानीकर्ता छन्। उनीहरुका लागि सेयर बजार जति तल झर्‍यो त्यति धेरै अवसर हो। 

images

प्रकाशित : मंगलबार, असोज १२ २०७८०९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend