शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

बर्खा लागेसँगै मेलम्चीको व्यापार व्यवसाय सुस्त

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २६ २०७९
images
images
बर्खा लागेसँगै मेलम्चीको व्यापार व्यवसाय सुस्त

व्यापारिक दृष्टिले जिल्ला सदरमुकाम चौतारा, बाह्रबिसे, खाडीचौर, जलवीरेको तुलनामा मेलम्ची अब्बल ठाउँ हो। बजारमा दैनिक मेलाजस्तै लाग्ने भीडको चलहपहल अहिले शून्य भएको छ।

images
images

सिन्धुपाल्चोक- गत वर्षको बाढीबाट तङरिँदै गरेकोे मेलम्ची बजारको चहलपहल फेरि हराउन थालेको छ। दैनिक एक करोड रुपैयाँसम्मको कारोबार हुने सिन्धुपाल्चोककै प्रमुख व्यापारिक केन्द्र मेलम्ची बजारमा बर्खा लागेसँगै यातायात सञ्चालन तथा मानिसलाई आवतजावत गर्न पुल नहुँदा व्यापार व्यवसायमा पनि धक्का लागेको छ। सोही कारण मेलम्ची बजारको रौनकता हराउँदै गएको छ।

images
images

चार गाउँपालिकाको व्यापारीक सङ्गम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा पसलबाट दैनिक करोडको हाराहारीमा कारोबार हुन्थ्यो। गत वर्षको बाढीले कारोबार एकै झट्कामा झण्डै शून्यमा झारेको थियो। बाढीपछि विस्तारै उठ्दै गरेको यहाँको व्यापार व्यवसाय बर्खा लागेसँगै फेरि सुस्ताउन थालेको स्थानीय कपडा व्यवसायी मीनकुमारी लामिछाने बताउँछन्।

images
images

हेलम्बु, इन्द्रावती, पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाको व्यापारिक सङ्गम मेलम्चीबजार हो। यो बजारबाट विभिन्न गाउँमा थोक बिक्रीसमेत हुने गर्दछ। गतवर्ष बाढीले व्यापारिक केन्द्र मेलम्चीको करिब आधा भाग बगाएको थियो। लामो समयदेखि मेलम्ची बजारमा लाखौँ लगानी गरेर होटल व्यवसाय गर्दै आएका तीर्थ तामाङ, मानिसको चहलपहल नुहुँदा व्यवसाय नै ठप्प हुन पुगेको बताउँछन्। उनलाई बैँकको लाखौँ ऋण कसरी तिर्ने भन्ने चिन्ता छ। मेलम्ची बजारमा सामान्य चिया पसलदेखि दैनिक दुई तीन लाखसम्म कारोबार गर्ने पसल छन्। निर्माण सामग्री बिक्रेता र होटल तथा रिसोर्ट यहाँबाट धेरै कारोबार गर्नेमा पर्दछन्।

images
images
images

व्यापारिक दृष्टिले जिल्ला सदरमुकाम चौतारा, बाह्रबिसे, खाडीचौर, जलवीरेको तुलनामा मेलम्ची अब्बल ठाउँ हो। बजारमा दैनिक मेलाजस्तै लाग्ने भीडको चलहपहल अहिले शून्य भएको छ। बजार ठप्प हुन पुग्दा बैँक तथा वित्तीय संस्थामा समेत नकारात्मक प्रभाव परेको छ भने ऋण लिएर कारोबार सञ्चालन गरिरहेका व्यापारी मर्कामा परेको नेपाल बैँक लिमिटेड मेलम्ची शाखाका प्रबन्धक रोशन तिवारीको भनाइ छ।

गतवर्ष इन्द्रावती र मेलम्ची नदीमा एकै साथ आएको बाढीका कारण असुरक्षित बनेको मेलम्चीबजार क्षेत्रमा जोखिमअझै कायम रहेको विज्ञ बताउँछन्। उता स्थानीयवासी र व्यवसायी भने सरकारले बजार क्षेत्रका घरको संरक्षण गर्दै यहाँको आर्थिक कारोबारको पाटोलाई ब्यूँताउँदै यसलाई दीर्घकालीन बनाउँदै जानुपर्ने बताउँछन्। रासस


प्रकाशित : आइतबार, असार २६ २०७९०८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend