आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

साना र मझौला लगानीकर्तालाई राहत दिनेगरी मौद्रिक नीति आउनुपर्छ : शेखर गोल्छा

'तरलता समस्या चरम छ, व्यवसाय गर्न ऋण पाएनौँ'

आइतबार, असार २६ २०७९
साना र मझौला लगानीकर्तालाई राहत दिनेगरी मौद्रिक नीति आउनुपर्छ : शेखर गोल्छा

'हाम्रोमा ब्याजदर तीव्र बढेको छ। छ महिनामा दोबर बढेको छ। समयमै राष्ट्र बैंकले हस्तक्षेप गरेको भए अहिलेको अवस्था आउने थिएन।'

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सेयर बजारका साना र मझौला लगानीकर्तालाई राहत दिनेगरी काम गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन्।

'साना र मझौला उद्यमी धेरै समस्यामा छन्। बैंकहरूले दिने भनेको ऋणसमेत दिन नसक्दा अवस्था नाजुक छ। यसअघि साना र मझौला लगानीकर्ताका लागि सेबोनले पनि रोल खेल्नुपर्ने थियो', आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी मौद्रिक नीतिका बारेमा गरेको छलफलमा उनले भने, 'तर साना र मझौला लगानीकर्तालाई ज्ञान पनि थिएन। उनीहरूलाई सेफ ल्यानडिङका लागि राहत दिनेगरी मौद्रिक नीति आउनुपर्छ।' 

साथै उनले तरलता समस्या चरम भएकाले व्यवसाय गर्नका लागि ऋणसमेत नपाएको समेत बताए।

मौद्रिक नीतिलाई नीजि क्षेत्रले चासोका साथ हेरेको भन्दै उनले भने 'तरलता अभावका कारणले अर्थतन्त्र संकुचित भएको छ। यस्तोमा मौद्रिक नीतिले धरै काम गर्न सक्छ। अर्थतन्त्रमा समस्या छ तर समस्याग्रस्त भएको भने होइन।' 

पछिल्लो समय मुद्रास्फीतिक कारणले दैनिकी समस्यामा परेको उनले बताए। 

'वित्तीय नीतिलाई सहयोग गर्नेगरी मौद्रिक नीति आउनुपर्छ। ग्रोथ सुस्त भयो भने सहुलिउत तथा राहत हुनेगरी आउँछ। कोभिडपछि विस्तारकारी मौद्रिक नीति आयो त्यसले समस्या आएको छ', उनले भने 'अहिले जसरी ब्याजदर बढेको छ। पहिले न्यून थियो, त्यो पनि ठीक थिएन। अहिलेको ब्याजदर उच्च छ।'

उनले अघि भने- 'संसारभर ब्याजदर केन्द्रीय बैंकले नियन्त्रण गर्छन्। हाम्रोमा ब्याजदर तीव्र बढेको छ। छ महिनामा दोबर बढेको छ। समयमै राष्ट्र बैंकले हस्तक्षेप गरेको भए अहिलेको अवस्था आउने थिएन।'


प्रकाशित : आइतबार, असार २६ २०७९०८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend