सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

प्रभु र सेञ्चुरी बैंकबीच मर्जरमा अनाैपचारिक सहमति, स्वाप रेसियो कति?

आइतबार, असार २६ २०७९
प्रभु र सेञ्चुरी बैंकबीच मर्जरमा अनाैपचारिक सहमति, स्वाप रेसियो कति?

काठमाडौैं- प्रभु र  सेञ्चुरी बैंकबीच १००:९५ स्वाप रेसियाे मर्जरमा जाने गरि अनाैपचारिक सहमति भएकाे छ। सेञ्चुरीकाे शनिबार बसेकाे सञ्चालक समिति बैठकमा प्रभुकाे प्रस्ताव बहुमत सदस्यले स्विकार गरेका थिए।

 स्राेतका अनुसार सेञ्चुरी बैंक सञ्चालककाे एक समुहले भने १००:१०० मा मात्रै मर्जरमा जानुपर्ने प्रस्ताव गरेकाे थियाे। सेञ्चुरीलाई १००:९५ भन्दा बढी दिन नसक्ने प्रस्ताव प्रभुले पठाएको थियाे। केही दिन भित्रनै मर्जरकाे सम्झौताकाे तयारी समेत गरिएकाे छ।

माछापुच्छ्रे बैंकसँग मर्जको प्रस्तावबाट पछि हटेको सेञ्चुरी बैंकले पछिल्लो समय प्रभु बैंकसँग मर्जरमा जान घनिभूत छलफल जारी राखेको थियो। दुवैले स्वाप रेसियोसहित सहमती गराएर मात्रै बाँकी कुरा अगाडि बढाउने तयारी गरेका थिए। स्राेतका अनुसार अब स्वाप रेसियोमा कुरा मिलेको छ।

यसै सातामै सेञ्चुरी र प्रभु मर्जरमा कुनै सहमति हुने अनुमान गरिएको छ।


प्रकाशित : आइतबार, असार २६ २०७९०४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend