बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

२ वर्षदेखि कोरिया जान नपाएका कामदारलाई अक्टोवरबाट पठाइँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १२ २०७८
२ वर्षदेखि कोरिया जान नपाएका कामदारलाई अक्टोवरबाट पठाइँदै

कोभिड महामारी सुरु भएदेखि नेपाली युवा रोजगारीका लागि कोरिया जान पाएका छैनन्। अब आउने अक्टोवरदेखि भने कामदार पठाउने तयारी भएको छ।

काठमाडौं- कोभिड महामारी सुरु भएदेखि नेपाली युवा रोजगारीका लागि कोरिया जान पाएका छैनन्। अब आउने अक्टोवरदेखि भने कामदार पठाउने तयारी भएको छ।

इपिएस शाखा निर्देशक सुरेश राउतले कोरियाले ससर्त अक्टोवरबाट प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएका कामदार लैजाने संकेत गरेको बताए। तर अक्टोवरको पनि यही दिनबाट लैजाने भन्ने विषयमा निर्णय भइनसकेको उनले बताए। ‘२०१७ देखि जाने प्रक्रियामा रहेको युवा रोकिएका छन्,’ उनले भने, ‘ कोरियाले सिधै नेपालबाट उडान गरेर केही कामदार लैजाने संकेत गरेको छ। तर कति संख्यामा भने औपचारिक निर्णय भइसकेको छैन। छलफलकै क्रममा छ।’

कोरियाले अहिले नेपालसहित १६ देशबाट कामदार लैजान्छ। तर कोरोनापछि अहिले ३ वटा देशबाट मात्र कामदार लैजान थालेका छ। कोरियाले अहिले श्रीलंका, कम्बोडिया र थाइल्याण्डबाट भने कामदार लैजान थालेको छ।

विस्तारै नेपालमा पनि कोरोना संक्रमण कम हुँदै गएको र खोप लगाउनेको संख्या बढेको भन्दै कामदार लैजान कोरियाले चासो देखाएको राउत बताउँछन्।

कोरियाले नेपालबाट लैजाने कामदारले आफ्नै खर्चमा १४ दिन क्वारेन्टीन बस्नुपर्ने, ४८ घण्टा भित्रको पिसिआर रिपोर्ट हुने पर्ने र सिधै काठमाडौं– कोरियाको उडान गरेर मात्रै लैजाने तयारी गरेको हो।

अहिले ७ हजारभन्दा बढी युवा कोरिया जाने प्रक्रियामा छन्। पुराना प्रक्रिया पूरा गरेका कामदार लैजान प्रक्रिया सुरु नभएसम्म नयाँ परीक्षा पनि नहुने भएको छ।

कोरियामा नेपाली कामदार ३१ हजार कार्यरत

इपिएस मार्फत नेपालीहरु हालसम्म ३१ हजार ४ सय ३१ नेपाली कोरियामा विभिन्न क्षेत्रमा कार्यरत छन्। कोरियाले म्यानिफेक्चर र कृषि क्षेत्रमा कामदार लैजाने गरेको छ।

हालसम्म ५ लाख ८९ हजार ६ सय १८ जनाले कोरिया भाषा परिक्षाका लागि आवेदन दिएका थिए । जसमा ७७ हजार ३ सय ७७ जनाले भाषा परिक्षा पास गरेका छन्। कोरियामा नेपालीहरुले मासिक १ लाख ६० हजार रुपैयाँ देखि ३ लाख रुपैयाँ सम्म कमाउने गरेका छन्। कोरियाबाट बार्षिक रुपमा ६० अर्ब हाराहारी रेम्यिान्स नेपाल भित्रने गरेको छ।  नेपालबाट कोरियाले इपिएस मार्फत २००८ सम्म देखि नेपाली कामदार लैजान सुरु गरेको थियो।

सन् २००८ मा २ हजार ८ सय १४ नेपाली कोरिया गएका थिए। सवैभन्दा बढी सन् २०१८ मा ८ हजार ५ सय ११ जना कोरिया गएका थिए। सन् २०१९ मा ७ हजार १ सय ३६ जना नेपाली कामदार कोरिया गएका थिए। सन् २०२० मा १ हजार २७ जना मात्रै कोरिया गएका थिए। बन्दाबन्दीका कारण सन् २०१९ मा पास गरेका कादार भने जान पाएका छैनन्।

कोरिया जानका लागि ५ लाख खर्च

कोरिया भाषा परिक्षा देखि कोरिया जाने समयसम्म ५ वर्ष समय लाग्ने उनीहरुको बुझाई छ। जसको लागि पढ्नका लागिनै लाखौ खर्च गर्नुपर्ने हुन्छ। यता पास गरिसकेपछि मेडिकल शुल्क ७ हजार, ट्रेनिङ शुल्क ७ हजार ५ सय रुपैयाँ तिर्नुपर्दछ।

त्यस्तै भिसा शुल्क ५ हजार, परिक्षा शुल्क २७ सय तथा हवाई टिकट खर्च ७० हजार रुपैयाँ र बिमा वापत १० हजार रुपैयाँ खर्च गरिसकेका छन्।

कति नेपाली कामदार गए कोरिया?


प्रकाशित : मंगलबार, असोज १२ २०७८१०:५८
  • सम्बन्धित विषय:

  • # वैदेशिक रोजगारी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend