सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

निफ्राको सेयर मूल्य निरन्तर ओरालो यात्रामा,‘अन्डरभ्यालु’ भएपछि खरिद गर्ने लगानीकर्ता हुनसक्छन् मालामाल

आइतबार, असार २६ २०७९
निफ्राको सेयर मूल्य निरन्तर ओरालो यात्रामा,‘अन्डरभ्यालु’ भएपछि खरिद गर्ने लगानीकर्ता हुनसक्छन् मालामाल

काठमाडौं- पछिल्लो समय नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)को सेयर मूल्य निरन्तर ओरालो लागि रहेको छ। अहिले दोस्रो बजारमा आईपीओ सरहकै मूल्यमा आएको छ। 

दोस्रो बजारमा कारोबार सुरु हुँदा लगातार बढेर ७२६ रुपैयाँसम्म पुगेको सेयर मूल्य पछि घटेर २४०.५० रुपैयाँमा आइपुगेको थियो। प्रतिकित्ता ४८६ रुपैयाँले घटेको छ। कम्पनीको सेयर मूल्य ६७ प्रतिशले मूल्य ओरालो लागेको छ।  विश्लेषकहरूले निफ्राको सेयर अन्डरभ्यालु भएकोले बजार बढ्न थालेपछि उच्च अंकले बढ्ने अनुमान गरिरहेका छन्। तर निफ्राको सेयरमा लगानीकर्ताको आकर्षण देखिन सकेको छैन।

यो साताको अन्तिम दिन शुक्रबार निफ्राको सेयर मूल्य प्रतिकित्ता ६.५० रुपैयाँलेघटेको छ। लगानीकर्ताहरूले पर्ख र हेरको अवस्थामा निफ्रालाई राखेका छन्। गत वर्ष प्रत्येक आवेदकलाई ५० र ६० कित्ताका दरले साधारण सेयर दिएको निफ्राको दोस्रो बजारमा २१ करोड ६० लाख कित्ता सेयर सूचीकृत रहेको छ। धेरै सेयर कित्ता भएकोले चलखेल गर्न ठूला लगानीकर्ताले समेत सक्दैनन्। 

त्यसकारण पनि खासै ठूलो उतारचढाव सेयर मूल्यमा हुँदैन। जसका कारण पनि लामो समयदेखि निफ्राको सेयर मूल्य स्थिर भएर बसेको छ। २१ अर्ब ६० करोड चुक्ता पुँजी भएको कम्पनीको बजार पुँजीकरण ५१ अर्ब ८४ करोड रुपैयाँमा आइपुगेको छ। कुनै समय १ खर्ब ३६ करोडसम्म पुगेको कम्पनीको बजार पुँजीकरण अहिले निरन्तर घटिरहेको छ।

निफ्राले विद्युत व्यापारमा समेत हात हाल्दैछ भने अन्य आयोजनाहरूमा समेत लगानी गर्नेगरी काम गरिरहेको छ। ऊर्जा मन्त्रालयले निफ्रालाई विद्युत व्यापारमा जोड्ने गरी प्रक्रिया अगाडि बढाइसकेको छ।

विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोडिने गरी सरकारले नयाँ प्रक्रिया सुरु गरेको छ। सरकारले निफ्रा र नेपाल पावर एक्स्चेन्ज लिमिटेड (नेपेक्स) कम्पनीलाई विद्युत व्यापारमा सहभागी गराउने गरी प्रक्रिया अगाडि बढाएको छ। 

 


प्रकाशित : आइतबार, असार २६ २०७९०१:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend