आइतबार, जेठ ६ गते २०८१    
images
images

बल्ल प्रसारण लाइनको बाटो खुल्यो

images
शनिबार, असार २५ २०७९
images
images
बल्ल प्रसारण लाइनको बाटो खुल्यो

कोहलपुर-वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रसारण लाइन विस्तारमा ढिला हुने देखिएपछि कैलालीबाट ३३ केभी विद्युत विस्तारको काम सुरु गरिएको छ

images
images

जाजरकोट- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभन्दा बाहिरका स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा यहाँका स्थानीयवासी समस्यामा छन्। 

images
images
images

जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भूभागमा राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन। स्थानीयवासी खमारीखोला लघु जलविद्युत आयोजना र बाबियाचौर लघु जलविद्युत आयोजनाबाट विद्युत सेवा लिइरहेका छन्।

images

पश्चिम सुर्खेतमा केन्द्रीय प्रसारण विद्युतको लाइन लिने उदेश्यका साथ २०७३ सालमा पञ्चपुरी नगरपालिका-६ मा विद्युत सवस्टेशन निर्माण भए पनि नेपाल विद्युत प्राधिकरणले हालसम्म पनि उक्त सवस्टेशन प्रसारण लाइनसँग जोड्न नसक्दा केन्द्रीय प्रसारण पुर्‍याउन चुनौती थपिँदै आएको छ। प्रसारण लाइन लिनका लागि वन क्षेत्र प्रयोग गर्नुपर्ने भएपछि लाइन लिन नसकिएको प्राधिकरणले जनाएको छ।  

images
images

प्राधिकरणले उक्त क्षेत्रमा खम्बासमेत पुर्‍याइसकेको छ। २०७३ मा नेपाल विद्युत प्राधिकरणले पश्चिम सुर्खेतमा विद्युतीकरण गर्न बाबियाचौरमा सवस्टेसन निर्माण गरेको थियो। तर सञ्चालनमा नआएपछि अहिले सवस्टेसनमा भएका संरचनासमेत बिग्रँदो अवस्थामा छन्। सवस्टेशनको काम पूरा भए पनि विद्युत लाइनका लागि सामुदायिक वन क्षेत्र प्रयोग गर्नुपर्ने हुन्छ। लाइन विस्तारका क्रममा रुख काटिने भएपछि प्रसारण लाइन विस्तारको काम रोकिएको हो।  

images
images

नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयले भने आयोजनाको काम चाँडै सुरु हुने जनाएको छ। प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख शम्भुकुसियत यादवले  भर्खरै अनुमति पाएकाले छिट्टै काम सुरु हुने बताए।  

३३ केभी विद्युत विस्तारको काम सुरु गरिँदै

कोहलपुर–वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रसारण लाइन विस्तारमा ढिला हुने देखिएपछि कैलालीबाट ३३ केभी विद्युत विस्तारको काम सुरु गरिएको छ। कोहलपुरबाट ल्याइएको विद्युतले सुर्खेतसहित अन्य जिल्लाको भार धान्न नसकेपछि थप लाइन वीरेन्द्रनगर ल्याउन लागिएको हो। 

वीरेन्द्रनगर ल्याउन लागिएको विद्युत लाइन कैलालीको चिसापानी-सोल्टा-बाबियाचौर-बड्डिचौर-बाँगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदेबुदे सवस्टेशनमा जोडिनेछ। मोहन्याल गाउँपालिकामा विद्युत विस्तारका लागि सोल्टासम्म ३३ केभी लाइन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कैलालीले यसअघि नै विस्तार गरिसकेको छ। सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किलोमिटरमा थप खम्बा हाल्ने र तार विस्तार गर्न ठेक्का आह्वान गरिएको छ। रासस


प्रकाशित : शनिबार, असार २५ २०७९१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend