आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

आवासमै प्रदर्शनकारी पुगेपछि भागे श्रीलंकाका राष्ट्रपति

शनिबार, असार २५ २०७९
आवासमै प्रदर्शनकारी पुगेपछि भागे श्रीलंकाका राष्ट्रपति

श्रीलंकाको आर्थिक अवस्था कमजोर हुँदै गएपछि बहुपक्षीय आर्थिक वार्ता चलिरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता जारी छ। यद्यपि राजनीतिक रुपमा अशान्ति भएकाले दाताहरुले अझै पत्याउन सकेका छैनन्। 

काठमाडौं- गहिरिँदो आर्थिक संकटबाट आजित भएका श्रीलंकाली जनताले राष्ट्रपतिको कार्यालय भवन कब्जा गरेका छन्। पछिल्लो समय दैनिक उपभोग्य वस्तुकै हाहाकार भएपछि जनताले राष्ट्रपतिविरुद्ध प्रदर्शन गर्दै आएका थिए। 

शनिबार बिहानैदेखि राष्ट्रपति कार्यालयतर्फ अघि बढेको प्रदर्शनकारीको समूह कार्यालयभित्रै छिरेका छन्। प्रदर्शनकारी पछि नहटेपछि राष्ट्रपति गोटाबाया राजापक्षले कार्यालय छाडेका छन्। 

पछिल्लो समय त्यहाँका प्रदर्शनकारीले राष्ट्रपतिविरुद्ध आफ्नो विरोध जारी राखेका छन्। यसअघि प्रधानमन्त्री रहेका महिन्द्रा राजापक्षले राजीनामा दिएका थिए। त्यसपछि प्रदर्शन राष्ट्रपति लक्षित थियो। 

lanka.webp

श्रीलंका चरम आर्थिक संटकमा फसेको छ। विदेशी ऋणको किस्ता तिर्न नसक्ने भन्दै यसअघि नै कंगाल घोषणा भइसकेको छ। श्रीलंकामा अहिले इन्धनको अभाव छ भने अत्यावश्यक वस्तुको आयात गर्नका लागि विदेशी मुद्रा पर्याप्त छैन। 

श्रीलंकाको आर्थिक अवस्था कमजोर हुँदै गएपछि बहुपक्षीय आर्थिक वार्ता चलिरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता जारी छ। यद्यपि राजनीतिक रुपमा अशान्ति भएकाले दाताहरुले अझै पत्याउन सकेका छैनन्। 

lanka1.webp

चरम भ्रष्टाचार तथा लोकप्रियतामा आधारिक राजनीतिक कदमले गर्दा अर्थतन्त्रमा समस्या देखिएको र त्यही मूल नेतृत्व अहिले भएकाले पनि दताहरुले विश्वास गर्न मानिरहेका छैनन्। कोरोना महामारीसँगै श्रीलंकाको अर्थतन्त्र लगभग कोल्याप्स भएको छ। 

अहिलेको आर्थिक अवस्था राजापक्ष परिवारकै राजनीतिक नेतृत्वका कारणले भएको भन्दै विपक्षी राजनीतिक दलले आरोप लगाउँदै आएका छन्।

srilanka.png


प्रकाशित : शनिबार, असार २५ २०७९०९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend