सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

अघिल्लो साता १६६ अंकले बढेको बजार गत साता ३६ अंकको गिरावट, अबको साता के होला?

विश्लेषकहरु भन्छन्- बजार १७५० अंकसम्म आउन सक्छ

शनिबार, असार २५ २०७९
अघिल्लो साता १६६ अंकले बढेको बजार गत साता ३६ अंकको गिरावट, अबको साता के होला?

राष्ट्र बैंकले नै कर्जाको ब्याजदर बढने गरी मौद्रिक नीति आउने सकेत गरिसकेका कारण पनि तत्काल बजारमा  सुधार नआउने उनीहरुको भनाइ छ।

काठमाडौं- अघिल्लो साताभरको कारोबारमा खुसीयाली छाएको बजारमा पुनः निराश देखिएको छ। अघिल्लो साता बजार १६६ले बढेर बजार २०२८.७७ को बिन्दुमा रोकिएको थियो।

बजारमा सुधारको संकेत देखिएको अनुमान भएको थियो। तर सुधारको संकेत गत साता पनि बजारमा देखिएन।

गत साता बजार ३६.१६ अंकले गिरावट आयो। अघिल्लो साता २०२८.७७ अंकमा पुगको बजार पुनः गत साता अन्तिम दिन शुक्रबार ३४.७१ अंकले घटेर बजार १९९२.६१ बिन्दुमा झरेको छ।

गएको साता १६६.७ अंकको वृद्धि देखिएको सेयर बजारले सकारात्मक संकेत गरेको थियो। तर यो साता त्यहीअनुरुप बजारले गति लिन सकेन। यो साताभरको अवस्थामा ३६.२ अंकको गिरावट देखिएको छ।

यो साता पनि आइतबार ५७.६१ अंकले बढेको बजारमा सोमबार व्यापक उतारचढाव भएको थियो। सोमबार चलखेलमा देखिएको बजारमा अन्तिम समयतिर ओरालो लाग्दै ९.७५ अंकले घटेको थियो। मंगलबार ४६.०८ अंकले घटेरको बजार बुधबार १३.३३ अंकले बढेर २०४३.९२ बिन्दुमा पुगेको थियो। बिहीबार १६.६० अंकले घटेर २०२७.३२ बिन्दुमा झरेको बजारमा शुक्रबार पनि गिरावट नै देखियो।

पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घट्न पुगेको विश्लेषण भइरहेका छन्। पछिल्लो हप्ता देखिएको सुधारले पनि बजारले सकारात्मक बाटोको संकेत गर्न सकेन। यसैले थामिने बिन्दु नभेटिएको बजार अझै चलखेलमा नै रहेको देखिएको विश्लेषकहरू बताउँछन्। चालु आर्थिक वर्षको अन्तिम कारोबार साता बजारमा खासै सुधारको संकेत नदेखिने सेयर विश्लेषहरु बताएउँछन्।

लगानीकर्तालाई ऋणको ब्याज भुक्तानीको प्रसेरका कारण पनि बजार प्यानिक हुने सक्ने  विष्लेषकहरुको भनाइ छ। बजार घट्नुमा नीतिगत अस्थिरता नै प्रमुख भएको उनीहरुको भनाइ छ। ‘बजार ठुलो लगानी कर्ताले घटाएर साना लगानीकर्तालाई प्यानिक बनाएको हैन। सरकारी अस्थिर नीतिका कारण बजार घटेको हो,’ एक सेयर विश्लेष्कले भने, ‘सरकारी उदासिनताकै कारण बजार घटेको हो। सरकारमा बस्नेले अझै बजारको महत्व बुझेका छैनन्। बजारले लय समात्न ठूलै नीतिगत निर्णय हुन पर्छ। तत्कालका लागि त्यो सम्भव देखिएको छैन।’

जब बजारमा केही सुधारको संकेत आउँछ तब नियामक निकायमा बसेकाहरुले विभिन्न भाषण दिने गर्दा बजारमा प्रत्यक्ष प्रभाव पारेको विश्लेष्कहरुको बुझाइ छ।

राष्ट्र बैंकले नै कर्जाको ब्याजदर बढ्ने गरी मौद्रिक नीति आउने संकेत गरिसकेका कारण पनि तत्काल बजारमा  सुधार नआउने उनीहरुको भनाइ छ।

राष्ट्र बैंक मुख्यत: ४/१२ करोड रुपैयाँको कर्जा सीमा, सेयर लोनको रिक्स फ्याक्टर १५० प्रतिशतबाट १ सयमा नै झारेको अवस्था र बजारको विषयमा सकारात्मक अभिव्यक्ति दिएको अवस्थामा भने बजारमा केही सुधार आउने सेयर विश्लेष्क छोटेलाल रौनियार बताउँछन्।

कर्जाको लोन बढेको अवस्थामा बजारमा सुधार आउने अमान पनि विश्वस्त हुन नसकिने विश्लेष्कहरु बताउँछन्। सरकारमा बस्नेहरुले नै बजारलाई नकारात्मक रुपमा लिएको हुनाले लगानीकर्ताले मात्रै बजारलाई थेग्न नसक्ने लगानीकर्ताहरुको भनाइ छ। 

बजार अब १७५० अंकसम्म आइपुग्ने र त्यसपछि विस्तारै बढेर २६ सयको हाराहारीमा पुग्ने विश्लेष्कहरु बताउँछन्।


प्रकाशित : शनिबार, असार २५ २०७९०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend