काठमाडौं- आर्थिक वर्ष २०७८/०७९ सम्म नियमित रुपमा रोयल्टी रकम दाखिला नभएका र आर्थिक वर्ष २०७९/०८० को लागि क्यासिनो सञ्चालन इजाजत पत्र नवीकरणका लागि तिर्नु पर्ने रोयल्टी रकम भुक्तानीका लागि पर्यटन विभागले सूचना जारी गरेको छ।
विभागले क्यासिनो तथा आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेल सञ्चालक कम्पनीहरुले रोयल्टी बराबरको बैंक जमानत पत्र वा रोयल्टी रकम दाखिना नगरेको देखिएककोले बैंक जमानत पेश गर्न वा रोयल्टी रकम समयमै दाखिला गर्न सूचना मार्फत आग्रह गरेको छ।
समयमै रकम दाखिला नभएको अवस्थामा इजाजत नवीकरण नहुने र इजात नै रद्द गर्ने जनाएको छ।
समयमै नवीकरणका लागि रकम दाखिला नगर्ने १४ क्यासिनो कम्पनी