शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

कास्कीको सिकलेसमा केबलकार बनाउँदै आईएमई समूह

images
शनिबार, असार २५ २०७९
images
कास्कीको सिकलेसमा केबलकार बनाउँदै आईएमई समूह

सकिलेस बाह‍ेक अन्य प्रत्येक गन्तव्यमा चन्द्रागिरीका जस्तै पूर्वाधार हुनेछन्। केबलकार, होटल, रेष्टुराँ, हल तथा अन्य मनोरञ्जन हुने गतिविधि हुने छन्।

images
images

काठमाडौं- काठमाडौंको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको आईएमई समूहले कास्कीको सिकलेसमा पनि केबलकार निर्माण गर्ने भएको छ। 

images
images
images

चन्द्रागिरीमा केबलकारसहितको पर्यटकीय गन्तव्य सञ्चालन गरिरहेको समूहले देशभर यस्तै परियोजना अघि बढाउने योजना अन्तर्गत समूहले कास्कीको सिकलेसलाई रोजेको छ। 

images
images

कास्कीको सिकलेसमा केबलकार बनाउनका लागि समूहले पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको छ। सम्भाव्यता अध्ययनबाट केबलकार सम्भव देखिएको छ। आयोजना सम्भव देखिएपछि सकरारी अनुमतिको काम अघि बढिसकेको छ। 

images
images

केबलकार परियोजनाका लागि वातावरणीय अध्ययनको काम अघि बढेको छ। अहिले सरकारले ईआईएका लागि अनुमति दिएको छ। ईआईए सम्पन्न भएपछि यसको अरु काम अघि बढ्ने छ। ईआईए सम्पन्न भएर स्वीकृत भएपछि निर्माणका लागि अरु काम अघि बढ्ने छ।

अहिलेको अध्ययनअनुसार सिकलेसको गुरुङगाउँबाट कापुचेसम्म केबलकार निर्माण हुने छ। यसको दुरी ६.४ किलोमिटर हुने छ। अहिलेको प्रस्तावित मुक्तिनाथ केबलकारपछिको सबैभन्दा लामो दुरीको केबलकार हुने छ। 

यो केबलकारमा तीनवटा टर्मिनल हुनेछन्। यसमा बीचमा पनि टर्मिनल हुनेछ। लामो दुरी तथा अल्टिच्युडका कारणले बीचमा पनि टर्मिनल राख्नुपर्ने छ। 

आईएमई समूहले काठमाडौंमा बनाएको तथा देशका अन्य ठाउँमा जस्तो होटल रिसोर्टसहितको केबलकार परियोजना हुने छैन। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकाले होटल रिसोर्टका लागि आईएमईले अनुमति मागेको छैन। केबलकारका लागि मात्र अनुमति मागेको छ। 

केबलकार निर्माण भएपछि स्थानीय तथा निजी व्यवसायीहरू आफैले अनुमति लिएर होटल रिसोर्ट बनाउनसक्ने छन्। तर यो समूहले आफै बनाउने योजना बनाएको छैन। 

हिमाल तथा हिमश्रृखलाको अवलोकन, हिउँको मजा लिनका लागि यात्रुको आकर्षण हुने समूहको विश्वास छ। प्रारम्भिक अध्ययनमा सिकलेस केबरकार व्यावसायिक रुपमा सफल हुने देखिएको छ। 

चन्द्रागिरीमा भने केबलकारले नै मानिसलाई तान्न थालेको हो। पहिलो पटक काठमाडौं आएका र काठमाडौंमै भएकालाई पनि घुम्न जान मिल्ने एउटा रमाइलो गन्तव्य बनेको छ। अर्थात् यो समूहको सफल परययोजना बनिसकेको छ। 

चन्द्रागिरीको सफलासँगै समूहका अध्यक्ष चन्द्र ढकालले देशैभर यस्तै परियोजना निर्माण गर्ने योजना बनाएका छन्। ढकाल देशका सातै प्रदेशमा केबलकारसहितका गन्तव्य बनाउने अभियानमा छन्।

गैंडाकोट, बुटवल, प्युठानको स्वर्गद्वारी र कर्णाली चिसापानीको राजडाँडामा केबलकारसहितको गन्तव्य बनाउने काम आईएमईले अघि बढाइसकेको छ। 

सकिलेस बाह‍ेक अन्य प्रत्येक गन्तव्यमा चन्द्रागिरीका जस्तै पूर्वाधार हुनेछन्। केबलकार, होटल, रेष्टुरा, हल तथा अन्य मनोरञ्जन हुने गतिविधि हुने छन्।

योजनाको प्रकृति चन्द्रागिरीजस्तै भए पनि यसमा लगानीको मोडालिटी भने फरक हुने छ।


प्रकाशित : शनिबार, असार २५ २०७९०९:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend