आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

लेन अनुशासनमा ट्राफिकको कडाइ

सीसीटिभीबाट अनुगमन गरेर चालककै घरमा चिठी पठाएरसमेत जरिवाना गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २४ २०७९
लेन अनुशासनमा ट्राफिकको कडाइ

लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक ५ सय, दोस्रो पटक एक हजार र तेस्रो पटकपछि १ हजार ५ सय रुपैइाँ जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ। 

काठमाडौं- काठमाडौं राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ।

दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबारदेखि लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो। 

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए। ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक ५ सय, दोस्रो पटक एक हजार र तेस्रो पटकपछि १ हजार ५ सय रुपैइाँ जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ। 

चालु आर्थिक वर्षमा १२ हजार ८६८ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा दिइसकेको जनाइएको छ। ट्राफिक प्रहरीले सिसीटिभी, ग्रोप्रो क्यामरासमेतबाट लेन अनुशासनको अनुगमन गरी कारवाही गर्दै आएको छ।

सीसीटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिवानासमेत गर्ने गरेको छ। लेन अनुशासन पालना नगरी तीव्रगतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।


प्रकाशित : शुक्रबार, असार २४ २०७९१३:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend