सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

घट्दाे बजारमा किन्दासमेत घाटा नलाग्ने यी पाँच फाइनान्स कम्पनी (प्रविधिक विश्लेषणसहित)

शनिबार, असार २५ २०७९
घट्दाे बजारमा किन्दासमेत घाटा नलाग्ने  यी पाँच फाइनान्स कम्पनी (प्रविधिक विश्लेषणसहित)

काठमाडौं- पछिल्लो समय समग्र नेप्से परिसूचक घट्दो क्रममा छ। आईपीओकै मूल्यसरह फाइनान्स कम्पनीका सेयर दोस्रो बजारमै आउन थालेको छ। 

सस्तो मूल्यमै पाइने सेयर भए पनि लाभांश भने आकर्षक दिने भएकाले सेयर बजार बढ्न थाल्दा निकै नै फाइदा हुनेछ। फाइनान्स कम्पनीको अबको एक दशकपछि भविष्य रहन्छ या रहँदैन भन्न नसकिए पनि छोटो समयको ट्रेडिङको लागि भने फाइदाजनक नै देखिन्छ।

पछिल्लो समय राम्रो गरिरहेका पाँच फाइनान्स कम्पनीको बारेमा यहाँ वित्तीय विश्लेषणसमेत गरिएको छ। पाँच फाइनान्सको दोस्रो बजारको मूल्य, प्रतिसेयर आम्दानी, मूल्य र आम्दानी (पीई) रेसियो, लाभांश क्षमता लगायत विषयको अवस्थाका बारेमा उल्लेख गरिएको छ। लगानीकर्ताले खासगरी सोही सूचक हेरेर लगानी गर्ने गरेका छन्।

गुडविल फाइनान्स

दोस्रो बजारमा गुडविल फाइनान्स कम्पनीको सेयर मूल्य ४३८ रुपैयाँ रहेको छ। कम्पनीको सेयर मूल्य शुक्रबार पनि १५ रुपैयाँ घटेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा १०१० रुपैयाँसम्म पुगेको थियो। न्यूनतम ३५८ रुपैयाँ रहेको थियो।

1.PNG

कम्पनीको १५.६२ रुपैयाँ प्रति सेयर मूल्य आम्दानी रहेको छ। पीइ रेसियो २९.०९ रुपैयाँ रहेको छ। बुक भ्यालु २०२.३२ रुपैयाँ रहेको छ। कम्पनीले पछिल्लो १० वर्षमा २६ प्रतिशतसम्म लाभांश दिएको छ।

कम्पनीको चुक्ता पुँजी ९४ करोड ६१ लाख रुपैयाँ रहेको छ भने बजार पुँजीकरण ४ अर्ब १४ करोड रुपैयाँ रहेको छ। 

मञ्जुश्री फाइनान्स

कम्पनीको दोस्रो बजारमा सेयर मूल्य ४३०.५० रुपैयाँ पुगेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा १४५६ रुपैयाँसम्म पुगेको सेयर मूल्य न्यूनतम ३६२ रुपैयाँ रहेको थियो। कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने ५ अर्ब ८१ करोड बजार पुँजीकरण पुगेको छ। कम्पनीको प्रतिसेयर मूल्य ११.१५ रुपैयाँ रहेको छ।

2.PNG

पीई रेसियो १९.२१ रुपैयाँ रहेको छ। बुक भ्यालु १३४.०६ रुपैयाँ रहेको छ। कम्पनीले पछिल्लो १० वर्षमा लाभांश ४६ प्रतिशतसम्म दिएको थियो। 

जानकी फाइनान्स

कम्पनीको दोस्रो बजारमा सेयर मूल्य ३६५ रुपैयाँ रहेको छ। कम्पनीको सेयर मूल्य १५ रुपैयाँ घटेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा ८३६ रुपैयाँसम्म सेयर मूल्य पुगेको थियो भने न्यूनतम ३०५ रुपैयाँमा झरेको थियो। फाइनान्सको चुक्तापुँजी ६९ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

3.PNG

कम्पनीको प्रतिसेयर आम्दानी १०.१३ रुपैयाँ रहेको छ। पीइ रेसियो २.६७ प्रतिशत रहेको छ। बुक भ्यालु १३८ रुपैयाँ रहेको छ। लाभांश पनि कम्पनीले पछिल्लो १० वर्षमा राम्रो दिएको छ। कम्पनीले ७७ प्रतिशतसम्म लाभांश दिएको छ।

बेष्ट फाइनान्स 

कम्पनीको दोस्रो बजारमा सेयर मूल्य ३६२ रुपैयाँ रहेको छ। कम्पनीको शुक्रबार १८ रुपैयाँ घटेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा ६३० रुपैयाँसम्म पुगेको थियो। न्यूनतम २९८ सम्म झरेको थियो।

4.PNG

फाइनान्सको चुक्ता पुँजी ८२ करोड ८९ लाख रुपैयाँ रहेको छ। बजार पुँजीकरण ३ अर्ब रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी २४.५६ रुपैयाँ रहेको छ। पीइ रेसियो १८.७६ प्रतिशत रहेको छ। बुक भ्यालु १४३ रुपैयाँ रहेको छ। कम्पनीले २० प्रतिशतसम्म लाभांश दिएको थियो।

नेपाल फाइनान्स 

नेपाल फाइनान्सको दोस्रो बजारमा सेयर मूल्य २८७ रुपैयाँ रहेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा ८०६ रुपैयाँ सम्म मूल्य पुगेको थियो। न्यूनतम २१३ रुपैयाँ रहेको थियो।

5.PNG

कम्पनीको चुक्ता पुँजी ८३ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण २ अर्ब ४० करोड पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८.६६ रुपैयाँ रहेको छ। पीई रेसियो ४४.५५ प्रतिशत रहेको छ। बुक भ्यालु १२३ रुपैयाँ रहेको छ। कम्पनीको २३ प्रतिशत लाभांश दिएको थियो। 


प्रकाशित : शनिबार, असार २५ २०७९०१:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend