बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

कक्षपतिको निधनले पर्यटन क्षेत्रमा अपुरणीय क्षति : हान

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २६ २०७८
images
images
कक्षपतिको निधनले पर्यटन क्षेत्रमा अपुरणीय क्षति : हान
images
images

काठमाडाै‌ं- होटल संघ नेपाल (हान)ले पूर्वअध्यक्ष श्याम सुन्दर लाल कक्षपतिको निधनले पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएको छ। कक्षपतीको ६९ वर्षको उमेरमा यही साउन २५ गते थाइल्याण्डस्थित वमरुनगार्ड अस्पतालमा उपचारको क्रममा भएको निधन भएको थियो। 
 
वि.सं. २००९ सालमा पाल्पामा पिता रामलाल कक्षपति र माता कृष्ण बदन कक्षपतिको कोखबाट जन्मिएका स्वर्गीय कक्षपतिले सन् १९७३ मा रत्नपार्क, काठमाडौंमा क्याफे डे पार्क नामक रेस्टुरेन्टबाट व्यवसाय आरम्भ गरेका थिए।

images
images

उनले व्यवसाय  विस्तार गरी कुरिनटारमा रिभरसाइड स्प्रिङ रिसोर्टको स्थापना गरे। मुलुकमा आधुनिक रेस्टुरेन्ट व्यवसायको प्रणेताको रुपमा परिचित कक्षपतिले रेस्टुरेन्ट व्यवसायको प्रवर्धनमा अग्रणी भूमिका निर्वाह गर्दै नाङलो तथा बेकरी क्याफे लगायतको विस्तार गरेका थिए। 

images
images

यसैगरी उनले दरबारमार्गमा श्याम्स वन ट्री रेस्टुरेन्टको स्थापना गरेका थिए। यसका साथै उनको शिक्षा क्षेत्रमा पनि ठूलो योगदान रहेको छ। काठमाडौं लगायत उपत्यका बाहिर रेस्टुरेन्ट विस्तार गर्दै पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्‍याएका कक्षपतिले अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्जाल विस्तार गर्न पनि उल्लेख्य भूमिका निर्वाह गरेका थिए।

images
images

उनले लामो समयदेखि होटल संघ नेपालमा आवद्ध रही सन् २०१२ देखि सन् २०१४ सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए। उनको  श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।


प्रकाशित : मंगलबार, साउन २६ २०७८०७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend