बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

बागलुङ-बेनी सडक : खबरा र हाडेभिरमा कालोपत्र गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २४ २०७९
images
images
बागलुङ-बेनी सडक : खबरा र हाडेभिरमा कालोपत्र गरिँदै

पहिरो पन्छाउने र मर्मतसँगै दोस्रो चरणको कालोपत्र गर्न उपकरण र निर्माण सामग्री परिचालन भए पनि पूर्णता पाउन केही समय लाग्ने भएको छ।

images
images

म्याग्दी- बेनी नगरपालिका-२ खबरा र हाडेभिरमा सडक कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीले बागलुङ-बेनी सडकको अन्तिम खण्डमा पर्ने खबरा र हाडेभिरमा कालोपत्र गरेको हो।

images
images
images

करिब २० किलोमिटर दूरीको बागलुङ-बेनी सडकको तीन किलोमिटर ८०० मिटर दूरीको भुवाने-हुलाकेबाहेक सबै ठाउँमा कालोपत्र भएको छ। खबरा र हाडेभिरमा सडक कालोपत्र गर्न बिरुवा-सिमरन जेभीले विसं २०७७ साउनमा करसहित रु पाँच करोड ४३ करोड ३७ हजार ५९९ मा ठेक्का सम्झौता गरेको थियो।

images

कोरोना कारण र सार्वजनिक खरिद ऐनमा भएको संशोधन अनुसार यही असारसम्म थपिएको थियो। निर्माण कम्पनीका प्रतिनिधि प्रदीप सापकोटाले एक किलोमिटर २०० मिटर सडक कालोपत्र गर्ने काम बिहीबार सकिएको जानकारी दिए। 'भत्किएको नाली सफा र पर्खाल मर्मत तथा ट्राफिक सङ्केत चिह्न राखेर हस्तान्तरण गर्ने तयारीमा छौँ', उनले भने, 'हाडेभिरको पहाड काटेको ठाउँमा ढलान भएको छ।' कच्ची, साँघुरो र ग्रेड तथा घुम्ती नमिलेको सडकलाई कम्तीमा सात मिटरका दरले कालोपत्रे गरिएको छ। पहिरो रोकथामका लागि पर्खाल र भलबाढी व्यवस्थापन गर्न नाली बनाइएको छ।

images
images

हाडेभिरको पहाड काटेर सडक विस्तार गर्न स्थानीय प्रशासनसँग समन्वय गरी समय तालिका बनाएर यातायात सञ्चालन गरिएको थियो। सदरमुकाम नजिकै भए पनि हाँडेभिर र खबराको सडक बर्खामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे हुने समस्या थियो। 

images
images

कालोपत्र भएपछि सहज र सुरक्षितरुपमा यात्रा गर्न पाएको खबराका बासिन्दा कमल सुवेदीले बताए। 'हिलो र धुलोबाट मुक्ति मिलेको छ', उनले भने, 'भसभसेको पहिरो नियन्त्रण गर्न सकेमा यो सडक दिगो हुने थियो।' 

पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले निर्माण व्यवसायीले डिबिएसडी प्रविधिको कालोपत्र भएको बताए। 'कामको मूल्याङ्कन, अनुगमन र नापचाँज गरेपछि हस्तान्तरण हुन्छ', उनले भने, 'मौसमले साथ दियो र निर्माण व्यवसायीले निर्माण सामग्री, उपकरण र मजदुर व्यवस्थापन गर्न सकेकाले कालोपत्र गर्न सकियो।' 

बागलुङ-बेनी म्याग्दी र मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक हो। यो सडकको विसं २०५२ मा मार्ग खुलेको थियो। बागलुङको रामरेखाबाट दश वर्षअघिदेखि सडक कालोपत्र गर्न थालिएको थियो। ९२ प्रतिशत भौतिक प्रगति भएको भुवाने-खबरा खण्डका निर्माण व्यवसायी दुई वर्षपछि काममा फर्किए पनि यसपालि पूर्णाता नपाउने देखिएको छ। रत्नेचौरदेखि खबरासम्मको सडक कालोपत्रे नसकिँदै लकडाउन (बन्दाबन्दी) भएर विसं २०७६ चैत महिनादेखि रोकिएको थियो। 

१३ करोड १५ लाख रुपैयाँमा नागार्जुन देव एण्ड सायर बिएन जेभीले ठेक्का लिएको थियो। विसं २०७६ माघमा सातदेखि दश मिटर फराकिलो बनाएर विस्तार भएको सडकमा पहिलो चरणको डिबिएसडी प्रविधिको कालोपत्रे बिछ्याइएको थियो। कोरोनाको महामारी फैलिएपछि सोही सालको चैतमा गर्ने भनिएको दोस्रो चरणको कालोपत्रे हुन सकेन। 

बर्खामा पहिरोले तीन ठाउँमा सडक भासियो। धेरै ठाउँमा नाली पुरिएको र कालोपत्र उप्किएको छ। पहिरो पन्छाउने र मर्मतसँगै दोस्रो चरणको कालोपत्र गर्न उपकरण र निर्माण सामग्री परिचालन भए पनि पूर्णता पाउन केही समय लाग्ने भएको हो। रासस 

images

प्रकाशित : शुक्रबार, असार २४ २०७९०६:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend