बिहीबार , असोज ३ गते २०८१    
images
images
हिमालयन र सिभिल मर्जर सकस

हिमालयनको नयाँ सर्तपछि सि‌भिल सशंकित, शुक्रबारका लागि तय भएको सम्झौता रोकियो!

हिमालयन र इन्भेष्टमेन्ट मर्जर हुन नदिने ग्रुप पुन: सक्रिय,मर्जर हुँदा कुन बैंकका लगानीकर्तालाई के फाइदा?

images
शुक्रबार, असार २४ २०७९
images
images
हिमालयनको नयाँ सर्तपछि सि‌भिल सशंकित, शुक्रबारका लागि तय भएको सम्झौता रोकियो!
images
images

काठमाडौं- हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा आज हुने भनिएको सम्झाैता राेकिएको छ। डीडीए गरेपछि अहिले तय भएकाे स्वाप रेसियो घट्नेसक्ने प्रस्ताव हिमालयनले गरेपछि शुक्रवार हुने भनिएकाे मर्जर सम्झाैता राेकिने भएको हो। 

images
images
images

'शुक्रबार सम्झाैता गर्ने सहमति भए पनि अन्तिसमयमा हिमालयनबाट आएको प्रस्तावमा हामी सश‌ंकित भएका छौं,' सिभिल बैंक स्राेतले भन्यो, 'मर्जर नै  भाँडिएको हाेइन तर सम्झौताकाे तयारी भइसकेपछि नयाँ प्रस्ताव आएको छ। यसमा छलफल अवश्य हुनेछ। तर हिमालयन जे भन्यो त्यही मानेर सिभिल मर्जरमा जाँदैन। मर्जर हामीलाई भन्दा हिमालयनलाई नै चाहिएको हो।'

यता हिमालयन बैंक स्रोतले पनि मर्जरका लागि सम्झाैताकाे मितिसमेत तय भएपछि केही विषय आएको बताएकाे छ। स्राेतका अनुसार हिमालयनलाई जसरी पनि असारभित्रै एउटा बैंकसँग मर्जरका लागि जाेडी चाहिएको छ। 'इन्भेष्टमेन्ट र हिमालयनबीचको मर्जर भाड्ने ग्रुप नै अहिले सिभिलसँगको मर्जर भाड्न लागेकाे छ,' हिमालयन बैंक स्राेतले भन्यो, 'अहिले नै निराश हुने अवस्था आएको छैन। दुईपक्षीय छलफलपछि मर्जर सम्झौता हुन्छ भनेमा हामी विश्वस्त छौं।' 

यसअघि मंगलबार साँझ बसेको दुवै बैंकका व्यवस्थापकहरुको बैठकले मर्जरमा जाने सहमति गरेका थिए। हिमालयन र सिभिल बैंकबीच १००ः८१ अनुपातमा मर्जर सहमति भएको छ। बैंकले असोजभित्रै एकीकृत कारोबार गर्नेसमेत तयारी गरेका थिए।

images

नाफा र सूचकमा आक्रामक विस्तार गरेको सिभिल बैंकले पनि मर्जरमा हिमालयन बैंकलाई नै प्राथमिकतामा राखेको छ। इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंकले जसरी पनि एक बैंकसँग मर्जरमा जानु पर्ने छ। हिमालयनले मंगलबारको सम्झौता अनुसार आए आजै पनि सम्झौता गर्न सिभिल भने तयारी रहेको सिभिल बैंक स्राेतको दाबी छ।

मर्जरमा खासगरी सिभिल बैंकका सेयरधनीलाई फाइदा हुने देखिएको छ। सिभिल बैंकको सेयर मूल्य कम भएकोले पनि हिमालयनसँग मर्ज भएपछि लगानीकर्तालाई फाइदा हुनेछ। सिभिलकाे सेयर मूल्य बिहीबार २११ रुपैयाँमा काराेबार भएकाे थियाे। यता हिमालयनकाे भने ३०१ रुपैयाँमा काराेबार भएकाे थियाे।

२२ अर्ब चुक्ता पुँजीको बैंक 

हिमालयन र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २२ अर्ब हुनेछ। सिभिल बैंकले तेस्राे त्रैमासमा ८० प्रतिशतले नाफा बढाएको थियो। बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो।

सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ।  वित्तीय विवरणअनुसार सिभिल बैंकको ईपीएस १३ रुपैयाँ २८ पैसा छ। 

हिमालयन बैंकको चैतमसान्तसम्म १ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको थियो। प्रतिसेयर आम्दानी १४‍.३१ रुपैयाँ रहेको छ। बैंकको एकवर्षपछि सोमबार पहिलो कारोबार भएको थियो। दोस्रो बजारमा कारोबार सुरुभएसँगै सेयर मूल्यमा भारी गिरावट आएको छ। बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : शुक्रबार, असार २४ २०७९०३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend