बिहीबार , असोज ३ गते २०८१    
images
images

वाणिज्य बैंकहरूमा असारमै आएन निक्षेप, अर्को वर्ष झनै तरलताकाे सकस

images
बिहीबार , असार २३ २०७९
images
images
वाणिज्य बैंकहरूमा असारमै आएन निक्षेप, अर्को वर्ष झनै तरलताकाे सकस
images
images

काठमाडौं- वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको अन्त्य असार मसान्त नजिकिँदै जाँदा हालसम्म २ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। यो निक्षेप गत वर्षभन्दा झन्डै २ खर्ब ३५ अर्ब रुपैयाँ कम हो। 

images
images
images

आर्थिक वर्ष २०७८/०७९ को जेठ १४ सम्म १ खर्ब ८२ अर्ब मात्रै निक्षेप संकलन भएको थियो। विकास खर्च कम हुँदा असारमै निक्षेप संकलन कम भएको छ। गत वर्ष असारमा मात्रै २ खर्ब ११ अर्ब निक्षेप आएको थियो। यो वर्षको असारमा ८७ अर्ब मात्रै निक्षेप संकलन भएको छ। जबकि वाणिज्य बैंकहरूले २ खर्बभन्दा बढी निक्षेप आवश्यक रहेको जनाएका थिए। 

असार ३१ गतेसम्म ४२ खर्ब १ अर्ब निक्षेप रहेकोमा बिहीबारसम्म वाणिज्य बैंकहरूमा ४४ खर्ब ७० निक्षेप संकलन गरेका छन्। सरकारले पुँजीगत खर्च गर्न नसक्दा बैंकहरूमा निक्षेप आउने सकेको छैन। जसको असर पूरै अर्थतन्त्रमा परेको छ। कर्जा प्रवाह ठप्प हुँदा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूले दिने औषत कर्जा निक्षेप (सीडी) रेसियो बल्ल ९० प्रतिशतबाट घटेर ८८.०६ प्रतिशतमा आएको छ। 

राष्ट्र बैंकले ९० प्रतिशत सीडी रेसियो तोकेपनि बैंकहरूले ९४ प्रतिशतसम्म पुर्‍याएका थिए। राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय संस्थाहरूले बिहीबारसम्म ८८.०६ प्रतिशत सीडी रेसियो कायम गरेका छन्।  निक्षेप आउनेक्रम बढेको र कर्जा प्रवाहमा कडाइ गर्दा सीडी रेसियोको ९० प्रतिशत भन्दा निकै तल झरेको हो। बिहीबार असार २३ गतेसम्मको तथ्यांकअनुसार बैंक वित्तीय संस्थाहरूको औषत कर्जा निक्षेप अनुपात ८८.०६ प्रतिशत रहेको थियो। 

images

राष्ट्र बैंकको तथ्यांकअनुसार गत बिहीबारसम्म ५० खर्ब ६१ अर्ब वित्तीय संस्थाहरूमा निक्षेप संकलन भएको छ। बुधबार ५० खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो। एकैदिन १४ अर्ब निक्षेप थपिएको छ। यता बिहीबारसम्म ४७ खर्ब ३ अर्ब ऋण प्रवाह भएको छ। ऋण प्रवाह जबरजस्ती घटाउँदा सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा नजिक आइपुगेको हो। 

बिहीबारसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब ७० अर्ब निक्षेप पुर्‍याएका छन्। जुन असार मसान्तमा ४२ खर्ब १ अर्ब रहेको थियो। वाणिज्य बैंकहरूले बिहीबारसम्म ४१ खर्ब ७२ अर्ब ऋण प्रवाह गरेका छन्। असार मसान्तसम्म ३७ खर्ब २१ अर्ब ऋण प्रवाह भएको थियो। ४ खर्ब ५१ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्। 

आर्थिक वर्ष २०७७/०७८ मा वाणिज्य बैंकहरूको कुल निक्षेप ५ खर्ब ४ अर्ब रहेकोमा त्यो वर्षको असार महिनामा मात्रै २ खर्ब १० अर्ब निक्षेप संकलन भएको थियो। २०७२/०७३ १ खर्ब ३८ अर्ब आसार महिना मात्रै संकलन हुँदा वर्षभरी ३ खर्ब १ अर्ब निक्षेप संकलन भएको थियो।

त्यस्तै २०७३/०७४ को असारमा १ खर्ब २३ अर्ब निक्षेप संकलन हुदाँ उक्त वर्ष ३ खर्ब ३५ अर्ब निक्षेप बैंकहरूमा आएको थियो। त्यस्तैगरी २०७४/०७५  असार महिनामा १ खर्ब १ अर्ब निक्षेप संकलन भएकोमा उक्त वर्ष ३ खर्ब ५४ अर्ब निक्षेप संकलन भएको थियो। आर्थिक वर्ष २०७५/०७६ को असारमा १ खर्ब १९ अर्ब निक्षेप संकलन भएकोमा उक्त वर्ष ५ खर्ब ८ अर्ब निक्षेप बैंकहरूमा आएको थियो। 

त्यस्तै  आर्थिक वर्ष २०७६/०७७ को असारमा २ खर्ब ११ अर्ब निक्षेप संकलन भएकोमा उक्त वर्ष ६ खर्ब ९ अर्ब निक्षेप बैंकहरूमा आएको थियो। त्यस्तै २०७७/०७८ को असारमा २ खर्ब १० अर्ब निक्षेप संकलन भएकोमा उक्त वर्ष ५ खर्ब ४ अर्ब निक्षेप संकलन भएको थियो। 


प्रकाशित : बिहीबार , असार २३ २०७९१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend