आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

आयातमा जाने कर्जामाथिको नियन्त्रण कायम राख्दै सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउन सीबीफिनको सुझाव 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २३ २०७९
आयातमा जाने कर्जामाथिको नियन्त्रण कायम राख्दै सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउन सीबीफिनको सुझाव 

यसका लागि अहिलेको आयातमा करिएको कडाइ जारी राख्नुपर्ने,  स्थानीय निकायको रकमलाई अहिले ८० प्रतिशत मात्र निक्षेपमा गणना हुने गरेकोलाई शतप्रतिशत बनाउनुपर्ने सीबीफीनले सुझाव दिएको छ। 

काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले विदेशी मुद्रा बचतका लागि अहिलेको आयात प्रबन्धलाई निरन्तरता दिँदै आन्तरिक ऋण लगानी बढ्ने वातावरण बनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। 

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा रहेको राष्ट्र बैंकलाई सुझाव दिँदै सीबीफीनले उत्पादनमुलक क्षेत्रमा ऋण प्रवाह बढाउनका लागि तरलता व्यवस्थापन हुनेगरी नीतिगत व्वस्था गर्न आग्रह गरेको छ। 

यसका लागि अहिलेको आयातमा करिएको कडाइ जारी राख्नुपर्ने, स्थानीय निकायको रकमलाई अहिले ८० प्रतिशत मात्र निक्षेपमा गणना हुने गरेकोलाई शतप्रतिशत बनाउनुपर्ने सीबीफीनले सुझाव दिएको छ। 

ऋण लगानीका लागि आवश्यक पुँजीको स्रोत विस्तार  गर्नका लागि राष्ट्र बैंकले नियामकीय सहजता गर्नुपर्ने सीबीफीनको सुझाव छ। अहिले ९० प्रतिशत रहेको कर्जा निक्षेप अनुपातलाई ९५ प्रतिशत पुर्‍याउनुपर्ने संघको माग छ। 

प्रकाशित : बिहीबार , असार २३ २०७९११:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend