मंगलबार, जेठ ८ गते २०८१    
images
images

एनआरएनएको नयाँ नेतृत्वका लागि आचार्य र थापा भिड्दै

दुवैकाे एजेन्डा- ‘नेपालमा एनआरएनएको लगानी र समृद्ध नेपाल’

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १२ २०७८
images
images
एनआरएनएको नयाँ नेतृत्वका लागि आचार्य र थापा भिड्दै

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौ विश्व सम्मेलन आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुँदै छ। 

images
images

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौँ विश्व सम्मेलन आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुँदै छ। 

images
images
images

यो सम्मेलनले नयाँ नेतृत्वसमेत चुनिने भएकोले चुनावी सरगर्मी बढेको छ। नेतृत्वका लागि एनआरएनएका सल्लाहकार तथा पूर्वउपाध्यक्ष कुल आचार्य र वर्तमान कार्यसमितिमा उपाध्यक्ष रविना थापाले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। यता बद्री केसीले पनि अध्यक्षमा उठ्ने चर्चा चले पनि हालसम्म उम्मेदवारी भने घोषणा गरेका छैनन्। 

images

२०२१–२०२३ कार्यकालका लागि संघको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका उनिहरुले अहिले चुनावी प्रचार विश्वभर गरिरहेका छन्। विगतमा काठमाडौंमै भेला भएर मतदान गर्ने परम्परा तोड्दै यसपटक विश्वभरबाट अनलाइन मतदान गरिने व्यवस्था गरिएको छ। 

images
images

शुक्रबार समारोहको आयोजना गरी आचार्यले २०२१–२०२३ कार्यकालका लागि संघको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन्। नेपालमा लगानी, एनआरएनएको नागरिकता लगायतको विषय आचार्यको प्रमुख एजेन्डा रहेका छन्। 

images
images

त्यस्तै गत बिहिबारनै एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा गरिसकेकी छन्। उनले मुख्यगरी नागरिकता, श्रमिक अधिकार र मताधिकारको अधिकार मुख्य एजेन्डा अगाडि सारेकी छन्। 

थापा अमेरिकामा बस्दै आएकी छन् भने आचार्य बेलायतमा रहेका छन्। दुवैको एजेन्डा नेपालमा बैदेशिक लगानी भित्र्याउने तथा एनआरएनएलाई नेपालमा लगानी गर्न आग्रह गर्ने तथा प्रत्सोहान गर्ने रहेका छन्। 

‘बेलायतमा बसेपनि नेपाल समृद्ध नभइ कोही नेपालीले सुख पाउने छैनन, मेरो एजेन्डा समृद्ध नेपालनै हो, त्यसको लागि विदेशी लगानी भित्र्याउनुको विकल्प छैन,’ अध्यक्षका प्रत्यासी आचार्यले भने। 

यता थापाको पनि एजेन्डा नेपालमा धेरै भन्दा धेरै लगानी भित्र्याउनेनै रहेको छ। ‘सवै विदेशमा रहेका नेपालीले नेपालम लगानी गर्ने वतावारण तय गर्न सक्नु पर्छ, त्यसको लागि सरकारले बाटो खोल्नु पर्छ,’ थापाले भनिन्। 

आचार्यले पैत्रिक सम्पत्तिको अधिकार, राहदानी सहित तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न मुख्य एजेन्डा अगाडि सारेका छन्।  

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्तीमा एक सय पुर्याउने घोषणा गरेका छन्। हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्कृय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा पुर्‍याउन समेत उनको दावी छ। 

पर्वतको धाइरिडमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन । उनी लण्डनका स्थापित व्यवसायी हुन्। करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुध्दीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए। 

आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसिया बगायतका मुलुकमा काम गर्ने नेपालीहरुको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा समेत गरेका छन्। 

उनले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने उनले बताए। आचार्यले नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा एनआरएनए सीप विकास केन्द्र स्थापना गरिने समेत बताए। 

उनले कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि एक एनआरएन एक रोजगार अभियान’ शुरु गरिने समेत घोषणा गरेका छन्। 

यता थापाले एनआरएनएमा रहेको अर्को महत्त्वपूर्ण एजेन्डा भनेको नागरिकता भएको बताइन। ‘अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाएको छु,’ थापाले भनिन। 
उनले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बताइन्।

सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन। ‘लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन्। उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो,’ उनले भनिन्। 

विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालको कला संस्कुती, धर्म, आर्थिक क्रियाकलाप, प्रविधि, लगानी, ज्ञानलाई नेपालसँग निरन्तर जोडिरहन नागरिकताको विषयमा सबै गैरआवासिय नेपालीले आवाज उठाउनु पर्ने थापाको भनाइ छ।  

थापाले भने विदेशका साना साना लगानीलाई ल्याएर समूहमा लगानी गर्ने योजना रहेको बताइन। ‘थोरै थोरै पैसा सङ्कलन गरेर यहाँ ठुलो क्षेत्रमा लगानी गर्ने सम्भावना धेरै रहन्छ।’  अध्यक्षकी उम्मेदवार थापाले भनिन्, ‘जसरी भए पनि हामीले साना साना व्यवसायलाई सहयोग गर्ने भन्ने योजना सहित पुँजी सङ्कलन गर्ने योजना रहेको छ।’   


प्रकाशित : मंगलबार, असोज १२ २०७८०७:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend