सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

लाइफ इन्स्योरेन्स कर्पोरेशनले लगानीकर्तालाई ८७ प्रतिशतसम्म हकप्रद दिने

बिहीबार , असार २३ २०७९
लाइफ इन्स्योरेन्स कर्पोरेशनले लगानीकर्तालाई ८७ प्रतिशतसम्म हकप्रद दिने

काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद दिने भएको छ। कम्पनीमा ५५ प्रतिशत लगानी रहेको भारतीय कम्पनी भारतीय जीवन बीमा निगमले हकप्रदको सहमति दिएको हो। 

भारतीय जीवन बीमा निगमको गत सोमबार बसेको संचालक समितिको बैठकले नेपालमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडमा हकप्रदमा रुपमा १ अर्ब २७ करोड ७ लाख रुपैयाँ लगानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यो ८० करोड ६७ लाख भारु बराबर हो। 

भारतीय जीवन बीमा निगमले त्यहाँको स्टक एक्सचेन्जलाई जुलाई ४ मा बसेको संचालक समितिको बैठकको निर्णय जानकारी गराउँदै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा हकप्रदमा रुपमा पुँजी थप्न लागेको उल्लेख गरेको हो। 

हाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रहेको छ। यस कम्पनीमा भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत लगानी रहेको छ। 

भारतीय जीवन बीमा निगमले ले लगानी गर्न भनि स्वीकृति दिएको रकमको आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८७ देखि ८८ प्रतिशतसम्म हकप्रद निष्काशनको लागि तयारी गरेको देखिन्छ।



प्रकाशित : बिहीबार , असार २३ २०७९११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend