सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

प्रभु लाइफ इन्स्योरेन्सले पुँजी वृद्धिका लागि हकप्रदसँगै मर्जरमा समेत जाने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २३ २०७९
प्रभु लाइफ इन्स्योरेन्सले पुँजी वृद्धिका लागि हकप्रदसँगै मर्जरमा समेत जाने

काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरमा जानेगरी विशेष साधारण सभा सम्पन्न गरेको छ।

मर्जरको लागि आवश्यक काम प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावका अतिरिक्त हकप्रदको निर्णय पनि लिन पाउने अधिकार थप गरिएको छ। उक्त थप गरिएको प्रस्ताव बिहिबार सम्मपन्न साधारणसभाले पारित समेत गरेको छ।

हकप्रद कति प्रतिशत ल्याउने भन्ने जिम्मा संचालक समितिलाई सभाले अख्तियारी दिएको छ। सभाले नियामक निकाय बीमा समितिले तोकेबमोजिम कम्पनीको अधिकृत चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेकाे हाे। सभाले चुत्ता पुँजी वृद्धिका लागि हकप्रद र मर्जर दुवैमा जानेगरी सञ्चालक समितिलाई अख्तियारी समेत दिइएको छ। 

बीमा समितिको संचालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन्।

 


प्रकाशित : बिहीबार , असार २३ २०७९१०:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend