आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

१०० ग्राम ढुंगा बोकेर पर्यटन मन्त्रालयका ६ कर्मचारी माल्दिभ्स भ्रमणमा

बिहीबार , असार २३ २०७९
१०० ग्राम ढुंगा बोकेर पर्यटन मन्त्रालयका ६ कर्मचारी माल्दिभ्स भ्रमणमा

मन्त्रालयका ६ जना कर्मचारी अहिले माल्दिभ्स भ्रमणमा छन्। सात दिनका लागि गएका उनीहरू कुनै अन्तर्राष्ट्रिय सम्मेलन या देशको अनिवार्य दायित्वका कार्यक्रम होइन। 

काठमाडौं- देशमा विदेशी मुद्राको सञ्चिति निरन्तर घटेपनि कर्मचारीको विदेश भ्रमण घटेको छैन। असार लागेपछि धेरैजसो सरकारी निकायका कर्मचारी केही न केही कार्यक्रमको बहानामा विदेश भ्रमण निस्किरहेका छन्। 

विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले सयौँ वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। विदेशी मुद्रा बचाउनका लागि नागरिकको उपभोगमा प्रतिबन्ध लगाएको सरकारले कर्मचारीलाई भने भ्रमणमा कुनै रोक लगाएको छैन। 

अत्यावश्यक र नगइ नहुने मात्र होइन सामान्य कार्यक्रममा पनि कर्मचारीहरू भ्रमणमा निस्किरहेका छन्। यसको पछिल्लो उदाहरण हो- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीको माल्दिभ्स भ्रमण। 

मन्त्रालयका ६ जना कर्मचारी अहिले माल्दिभ्स भ्रमणमा छन्। सात दिनका लागि गएका उनीहरू कुनै अन्तर्राष्ट्रिय सम्मेलन या देशको अनिवार्य दायित्वका कार्यक्रम होइन। 

पर्यटन प्रबर्द्धनका लागि सगरमाथाको ढुंगा पुर्‍याउन कर्मचारी माल्दिभ्स गएका हुन्। सहसचिव, उपसचिव, शाखा अधिकृत, कम्प्युटर अपरेटर लगायतका ६ जना कर्मचारी भ्रमणमा गएका छन्। 

सगरमाथाको एक सय ग्राम ढुंगा बोकेर उनीहरू भ्रमणका गएका हुन्। भ्रमण टोली सगरमाथाको ढुंगो माल्दिभ्सका पर्यटन मन्त्रीलाई बुझाइसकेका छन्।

भ्रमणमा टोलीमा मन्त्रायलका सहसचिव सुरेश श्रेष्ठ, उपसचिव टेकनारायण पौडेल, प्रकाश दुलाल, उपसचिव युवराज खतिवडा, शाखा अधिकृत मोहन घिमिरे र कम्प्युटर अधिकृत हरि राई रहेका छन्।

घिमिरे नेकपा समाजवादीका कर्मचारीको नेता हुन्। उनीहरू काठमाडौं–दुबई–काठमाडौं हुँदै गएका छन्। एउटा कर्मचारीका लागि भ्रमणमा सामान्य पनि दुई लाखभन्दा बढी खर्च हुने छ।


प्रकाशित : बिहीबार , असार २३ २०७९१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend