मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

बंगलादेश बैंक गाभेको नबिल बैंकको एकीकृत कारोबार असार २७ गतेदेखि

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २३ २०७९
images
images
बंगलादेश बैंक गाभेको नबिल बैंकको एकीकृत कारोबार असार २७ गतेदेखि
images
images

काठमाडौं-  नेपाल बंगलादेश बैंकलाई गाभेको नबिल बैंकले ‘नबिल बैंक लिमिटेड’ को नाममा यही असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ। नबिलले नेपाल बंगलादेश बैंकलाई प्रतिसेयर ४३ रुपैयाँका दरले गाभेको हो। 

images
images

नेपाल राष्ट्र बैंकको नियमन विभागले बैंकलाई यही असार २७ गतेदेखि एकीकृत कारोबारका लागि अनुमति प्रदान गरेको हो।

images
images

'बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्तिसम्बन्धी नियमावली, २०७३ बमोजिम’ केन्द्रीय बैंकले एक सूचनामार्फत जानकारी दिएको हो।

images
images
images

यही असार १५ गतेमात्रै केन्द्रीय बैंकले एकीकृत कारोबारका लागि अन्तिम अनुमति दिएको थियो। सोही अनुमतिका आधारमा नेपाल बंगलादेश बैंकको सम्पूर्ण दायित्वसमेत अब नबिल बैंकले लिने भएको छ।

यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले पनि एकापसमा गाभिने सम्झौता गरिसकेका छन्। ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डू बैंक गाभ्ने सम्झौता गरिसकेको छ।

त्यस्तै हिमालयन बैंक र सिभिल बैंकले एकापसमा गाभिने अन्तिम तयारी गरिरहेका छन्।

असार मसान्तभित्रै अन्य बैंकले समेत एकापसमा गाभिने तयारी गरेका छन्।

नेपाल राष्ट्र बैंकको नीतिअनुसार नै बैंक तथा वित्तीय संस्था एकापसमा गाभिनका लागि आवश्यक सहमति गरेका छन्। धेरै बैंक तथा वित्तीय संस्था हुनुभन्दा कम सङ्ख्यामा गुणस्तरीय सेवा प्रदान गर्ने संस्था राख्ने सरकारको योजना रहेको छ।


प्रकाशित : बिहीबार , असार २३ २०७९०७:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend