आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

काठमाडौं आरुबारी सडक : जल यात्रा कि स्थल यात्रा?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २३ २०७९
काठमाडौं आरुबारी सडक : जल यात्रा कि स्थल यात्रा?

काठमाडौं- वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन्।

यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो। मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो। ग्राभेल बिच्छ्याएर कालोपत्रको काम थाँती राख्दा दैनिक हजारौँ सवारी एवं पैदलयात्रुले सास्ती भोग्नुपरेको छ। हप्तौँदेखि सडक किनारमा ग्राभेल पनि थुपारिएको छ। ग्राभेल हालेर सडक नबनाउँदा पैदलयात्रामा कठिनाइ भएको स्थानीयवासी राजेन्द्र चालिसेले गुनासो गरे।

sadak pani (2).jpg

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कामका लागि उपयोग भएको सडक हेर्ने जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र निर्माण व्यवसायीले बेलैमा काम गर्न ध्यान नदिँदा यात्रु मर्कामा परेका हुन्। जसका कारण स्थानीयवासीले आयोजनालाई गाली गरिरहेका छन्।

निर्देशनालयका सूचना अधिकारी एवं आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठ यो सडक कालोपत्र हुने क्रममा रहेको बताउँछन्। वर्षातका कारण केही समय काम रोकिए पनि छिट्टै काम सम्पन्न हुने उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , असार २३ २०७९०६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend