आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बिहीबार पनि १४ सय रुपैयाँले घट्यो सुनको मूल्य 

बिहीबार , असार २३ २०७९
बिहीबार पनि १४ सय रुपैयाँले घट्यो सुनको मूल्य 

बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ तोकिएको छ।

काठमाडौं- बुधबार प्रतितोला १६ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार पनि १४ सय रुपैयाँ घटेको छ। अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा समेत मूल्य घटेको हो। 

बुधबार छापावाल सुन प्रतितोता ९६ हजार रुपैयाँमा कारोबार भएकोमा बिहीबार तोलामा १४ सय रुपैयाँ घटेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ। 

यता चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  


प्रकाशित : बिहीबार , असार २३ २०७९०५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend