सोमबार, असोज ७ गते २०८१    
images
images

२३ जिल्लाका २ लाख २३ हजार गरिब परिवारको सूचीकृत सूची स्वीकृत (यस्ता छन् मन्त्रीपरिषद्‍का अरु निर्णय)

images
बुधबार, असार २२ २०७९
images
images
२३ जिल्लाका २ लाख २३ हजार गरिब परिवारको सूचीकृत सूची स्वीकृत (यस्ता छन् मन्त्रीपरिषद्‍का अरु निर्णय)

यस्तै खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडीआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको

images
images

काठमाडौं- सरकारले विभिन्न २३ जिल्लाका २ लाख २३ हजार ३ सय ३० गरिब परिवारको सूचीकृत सूची स्वीकृत गर्ने निर्णय गरेको छ।

images
images
images

यस्तै हरित ग्यास उत्सर्जन न्युनीकरणको लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ ऊर्जा प्रवर्द्धनको लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान साहयता स्वीकार गरेको छ। 

हरित तथा नविकरणीय ऊर्जा प्रवर्द्धनका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४. ५ मिलियन बराबरको आर्थिक प्राविधिक सहायता स्वीकार गर्ने निर्णय भएको  बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। 

यस्तै खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडीआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको उनले बताए। 

images

यस्ता छन् मन्त्रीपरिषद्‍का अरु निर्णय-

सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्ति गरेको छ। अन्य सदस्य यथावत राख्ने निर्णय सरकारको छ। 

राष्ट्रिय बाल परिषद्को कार्यकारी निर्देशक पद हालको बालबालिकासम्बन्धी नियमावली २०७८ मा नभएकाले वर्तमान कार्यकारी निर्देशक मिलनराज धरेललाई पदमुक्त गरी राष्ट्रिय बाल परिषद्को उपाध्यक्षसहित तीन जना सदस्यहरू र सदस्यसचिव नियुक्त गरेको छ।

नेपाल प्रहरीको क्षमता विकाससहितको साइबर ब्युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान सहायता स्वीकार गरेको छ।

त्यस्तै, सरकारले पहाडी क्षेत्रमा फलफूल आयोजनाका लागि एशियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान साहयतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

सरकारले २०७९ असार २४ देखि २६ गतेसम्म भारतको दिल्लीमा ‘रिफाइडिङ द फ्यूचर’ विषय कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई सहभागि हुन स्वीकृत दिने निर्णय गरेको छ।

संयुक्त राष्ट्र संघको आयोजनामा २०७९ असार २१ गतेदेखि २३ तथा २७ देखि ३१ गतेसम्म आयोजना हुने इकोसोक हाइलेभल फोरम र २९ देखि ३१ सम्म आयोजना हुने मिनिटेरियल सेग्मेन्टमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय पनि गरेको छ।

नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ।

त्यस्तै, सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत भएको छ। सरकारले प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिष्टेशन दिवस मनाउनका लागि स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

बागमती प्रदेश ट्राफिक प्रहरीलाई चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरस्थित शतनचुली सामुदायिक वनको कुल ०.६ प्रतिशत ४६ हेक्डर वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको बताए।

कर्णाली प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १२ सिन्चुस्थित राष्ट्रिय वनको कुल जम्मा ४.९ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय।

विभिन्न स्थानीय तहलाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा रविन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा गोकर्णप्रसाद सिटौलालाई नियुक्त गर्ने भएको छ।

सरकारले नेपाल प्रशासन सेवा सामुहीकरणतर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्तपदमा सहसचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गरेको छ। नेपाल कृषि तथा वन सेवा सामूहीकरण तर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्तपदमा डा. दिपककुमार खराललाई पनि बढुवा गरेको छ।

नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा प्रमुख कन्सल्टट्यान्ट अफटेटीसियन गाइनोकोलोजिष्ट डा.संगीता कौसल मिश्रलाई बढुवा गर्ने निर्णय गरेको छ।

हेजिङ नियमावली २०७८ स्वीकृत गर्ने तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापना निर्देशिक २०७९ स्वीकृत गर्ने समेत निर्णय भएको छ।


प्रकाशित : बुधबार, असार २२ २०७९१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend