शनिबार, वैशाख १५ गते २०८१    
images
images

सार्वजनिक हुँदैछ ‘एमजी फोर’ ईभी : भीडब्लू आइडी ३ सँग प्रतिस्पर्धा गर्ने, नेपाल आउला? 

images
images
images
सार्वजनिक हुँदैछ ‘एमजी फोर’ ईभी : भीडब्लू आइडी ३ सँग प्रतिस्पर्धा गर्ने, नेपाल आउला? 

एमजी फोरले युरोपमा फक्सवागन आईडी थ्री तथा किया निरो ईभीसँग समेत प्रतिस्पर्धा गर्ने छ। एमजी फोरले एक पटकको फुल चार्जमा ४ सय ५० किलोमिटर रेन्ज दिनेछ। 

images
images

काठमाडौं- एमजी मोटरले नयाँ विद्युतीय कार सार्वजनिक गर्ने तयारी गरेको छ। एमजी फोर नाम दिइएको उक्त कार युरोपेली बजारलाई लक्षित गरेर सार्वजनिक गर्न लागिएको हो। यो विद्युतीय कारले फक्सवागनको आईडी थ्रीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। 

images
images
images

एमजी फोरले युरोपमा फक्सवागन आईडी थ्री तथा किया निरो ईभीसँग समेत प्रतिस्पर्धा गर्ने छ। एमजी फोरले एक पटकको फुल चार्जमा ४ सय ५० किलोमिटर रेन्ज दिनेछ। 

images

एमली फोर विद्युतीय कार चीनमा भने एमजी मुलान नाममा बिक्री हुनेछ। बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज) केही वर्षअघि चिनियाँ कम्पनी एसएआईसीले किनेको थियो। एमजी फोर विद्युतीय ह्याचब्याक कार एसएआईसीले बनाएको मोडुलर स्केलवल प्लेटफर्म (एमएसपी)मा आधारित रहेर बनेको हो। 

images

यो प्लेटफर्मले विद्युतीय कारको भविष्यमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले लिएको छ। सो मोडुलर प्लेटफर्म अन्तर्गत उत्पादन हुने कारमा ४० देखि १५० केडब्लूएचको ब्याट्री हुनेछ। 

images
images

एमजी फोर निक्कै आकर्षक डिजाइनमा बनाइएको छ। युरोपमा एमजी फोर १६७ एचपी र २०१ एचपी अप्सनमा बिक्री हुनेछ। यो पावरको कार सिंगल मोटरवाला हुनेछ। फोर ह्वील ड्राइभ कारमा दुई वटा मोटर हुने र यसले ४४३ एचपी पावर दिन्छ। 

एमजी फोरले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ३.८ सेकेन्डमै भेट्नेछ भने अधिकतम गति १ सय ६० किलोमिटर रहेको दाबी कम्पनीको छ। १६७ एचपी पावरयुक्त कारमा ५१ केडब्लूएचको ब्याट्री हुने र यसले ३ सय ५० किलोमिटर रेन्ज दिनेछ। त्यस्तै २०१ एचपी र ४४३ एचपी भेरियन्टमा ६४ केडब्लूएनको ब्याट्री हुने र यी कारले ४ सय ५० किलोमिटरसम्म माइलेज दिने दाबी कम्पनीको छ। 

यो कारमा लिथियम आयन फोसफेट (एलएफपी) वा लिथियम निकेल म्यागनेस बोकल्ट (एलएनएमसी) ब्याट्री सेल हुने भन्ने खुलाइएको छैन। 

एमजीले भारतमा एमजी जेडएस ईभी कार बिक्री गर्दै आएको छ। यो कार नेपाली बजारमा समेत उल्लेख्य संख्यामा बिक्री भएको थियो। २०२१ अप्रिलदेखि २०२२ मेसम्म नेपाली बजारमा एमजी जेडएस ईभी करिब ७ सय वटा बिक्री भएको थियो।

पछिल्लो समय सप्लाइ चेनमा समस्या हुँदा कबिर ४ सय कार बुकिङ भएको थियो। तर सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १४ मा ल्याएको बजेटबाट १ सय किलोवाट आवरभन्दा माथिका विद्युतीय कारमा कर बढाएका कारण एमजीको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीले बुकिङ नै रद्द गरेको जनाएको छ। 

एमजीले भारतमा नयाँ साना आकारको विद्युतीय कार ल्याउने तयारी गरेको छ। उक्त कार नेपाली बजारमा समेत आउने अनुमान गरिएको छ। त्यस्तै युरोपमा बिक्री हुने क्रममा रहेको एमजी फोर चीनमा पनि बन्ने भएकाले त्यो भारतमा समेत आउने अनुमान गरिएको छ। भारत आएमा त्यो कार नेपाल पनि पक्कै आउने छ।  

images

प्रकाशित : बिहीबार , असार २३ २०७९०३:१८

प्रतिक्रिया दिनुहोस