शनिबार, वैशाख २९ गते २०८१    
images
images

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ६३ लाख रुपैयाँ ठग्ने पक्राउ

images
बिजनेस न्युज
images
images
न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ६३ लाख रुपैयाँ ठग्ने पक्राउ
images
images

काठमाडौं- न्युजिल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-३ घुम्ती बस्ने नुवाकोट बिदुर नगरपालिका-७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।  

images
images
images

शोभाले न्युजिल्याण्डको प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिन्छु मासिक १ लाख ७० हजार रूपैयाँसम्म तलब हुन्छ र त्यसका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार रूपैयाँ लाग्छ भनि प्रलोभनमा पारी ९ जना पीडितहरूबाट रकम उठाएकी थिइन्। उनले ९ जनाबाट ६३ लाख २० हजार रूपैयाँ रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका कपन निलोपुलबाट पक्राउ गरेको हो।  

images

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।  

images

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको अभियोगमा पक्राउ  

वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-१६ डेरा गरी बस्ने छिपहरमाई गाउँपालिका-३ घर भएका ३४ वर्षीय नवलकिशोर साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।  

images
images

कानुले फ्रि टिकट फ्रि भिसामा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा झुक्याइ मेडिकल गर्ने बहानामा विभिन्न व्यक्तिहरूबाट २५ हजारदेखि २ लाख रूपैयाँसम्म ठगी गरी अरू व्यक्तिको नागरिकताको प्रतिलिपिबाट आईएमई मार्फत झिकी रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनको साथबाट ३ लाख नेपाली रूपैयाँ, १ लाख ४८ हजार भारतीय रूपैयाँ, आईएमई मार्फत पैसा झिकेको आईएमई कन्ट्रोल आइडी नम्बर सहितका अन्य कागजातहरू प्रहरीले बरामद गरेको छ। उनीउपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।  

images

प्रकाशित : बुधबार, असार २२ २०७९१२:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend