शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

तीन दिनमा ३८ अर्ब निक्षेप थपियो, सीडी रेसियो ८८.३५ प्रतिशत

images
बुधबार, असार २२ २०७९
images
तीन दिनमा ३८ अर्ब निक्षेप थपियो, सीडी रेसियो ८८.३५ प्रतिशत
images
images

काठमाडौं- असार मसान्त नजिकिँदै जाँदा बैंकहरूमा निक्षेप लगातार बढ्दै गएको छ। पछिल्लो तीन दिनमा ३८ अर्ब निक्षेप थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। मंगलबार मात्रै वित्तीय संस्थाहरूमा १४ अर्ब निक्षेप थपिएको छ। आइतबार १५ अर्ब निक्षेप थपिएको थियो भने सोमबार ९ अर्ब निक्षेप थपिएको थियो। 

images
images
images

असार मसान्त नजिकिँदै जाँदा वित्तीय संस्थाहरूमा निक्षेप आउने क्रम बढेको हो। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय संस्थाहरूमा तीन दिनमा ३६ अर्ब निक्षेप थपिएको हो। 

images
images

मंगलबारसम्म निक्षेप बढेर ५० खर्ब ४७ अर्ब रुपैयाँ पुगेको हो। तथ्यांकअनुसार वाणिज्य बैंकहरुमा ४४ खर्ब  ५७ अर्ब रुपैयाँ पुगेको छ। यता ऋण जारी ठप्प हुँदा उठ्ने क्रम बढेको छ। 

images
images

शुक्रबारसम्म ४७ खर्ब ११ अर्ब ऋण जारी भएकोमा मंगलबारसम्म ४७ खर्ब ६ अर्बमा झरेको छ। निक्षेप र ऋणको अनुपात सीडी रेसियो भने राष्ट्र बैंकले तोकेको ९० प्रतिशत तल झरेको छ। मंगलबारसम्म सीडी रेसियो ८८.३५ प्रतिशतमा आइपुगेको छ। 


प्रकाशित : बुधबार, असार २२ २०७९१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend