सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

तीन दिनमा ३८ अर्ब निक्षेप थपियो, सीडी रेसियो ८८.३५ प्रतिशत

बुधबार, असार २२ २०७९
तीन दिनमा ३८ अर्ब निक्षेप थपियो, सीडी रेसियो ८८.३५ प्रतिशत

काठमाडौं- असार मसान्त नजिकिँदै जाँदा बैंकहरूमा निक्षेप लगातार बढ्दै गएको छ। पछिल्लो तीन दिनमा ३८ अर्ब निक्षेप थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। मंगलबार मात्रै वित्तीय संस्थाहरूमा १४ अर्ब निक्षेप थपिएको छ। आइतबार १५ अर्ब निक्षेप थपिएको थियो भने सोमबार ९ अर्ब निक्षेप थपिएको थियो। 

असार मसान्त नजिकिँदै जाँदा वित्तीय संस्थाहरूमा निक्षेप आउने क्रम बढेको हो। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय संस्थाहरूमा तीन दिनमा ३६ अर्ब निक्षेप थपिएको हो। 

मंगलबारसम्म निक्षेप बढेर ५० खर्ब ४७ अर्ब रुपैयाँ पुगेको हो। तथ्यांकअनुसार वाणिज्य बैंकहरुमा ४४ खर्ब  ५७ अर्ब रुपैयाँ पुगेको छ। यता ऋण जारी ठप्प हुँदा उठ्ने क्रम बढेको छ। 

शुक्रबारसम्म ४७ खर्ब ११ अर्ब ऋण जारी भएकोमा मंगलबारसम्म ४७ खर्ब ६ अर्बमा झरेको छ। निक्षेप र ऋणको अनुपात सीडी रेसियो भने राष्ट्र बैंकले तोकेको ९० प्रतिशत तल झरेको छ। मंगलबारसम्म सीडी रेसियो ८८.३५ प्रतिशतमा आइपुगेको छ। 


प्रकाशित : बुधबार, असार २२ २०७९१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend