आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

अर्थमन्त्रीमाथि छानबिन गर्ने संसदीय समितिमा को को छन्?

बुधबार, असार २२ २०७९
अर्थमन्त्रीमाथि छानबिन गर्ने संसदीय समितिमा को को छन्?

समितिलाई १० दिनको कार्यावधि दिइएको छ। समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ।

काठमाडौं- प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न संसदीय छानविन समिति गठन गरेको छ।

उक्त संसदीय समिति ११ सदस्यीय रहेको छ। संसदीय समिति गठनसम्बन्धी जानकारी सभामुख अग्निप्रसाद सापकोटाले बुधरबारको सदनलाई गराए। 

समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य छन्। समितिले आवश्यकताका आधारमा सभापति चयन गर्नसक्ने व्यवस्था गरिएको छ।

समितिलाई १० दिनको कार्यावधि दिइएको छ। समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ। प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम उक्त समिति गठन गरिएको हो।

करको दर हेरफेर भएका सन्दर्भमा सार्वजनिकरुपमा कुरा उठेपछि प्रतिनिधिसभाले समिति गठन गरेको सभामुखले जानकारी गराएका छन्। त्यसअघि प्रतिनिधिसभाको बुधबार ११ बजेका लागि तय भएको बैठक ढिला गरी ४ बजे सुरु भएको थियो।

छानबीनका लागि मार्ग प्रशस्त गर्न भन्दै अर्थमन्त्री जनार्दन शर्माले संसदबाटै राजीनामाको घोषणा गरिसकेका छन्। 


प्रकाशित : बुधबार, असार २२ २०७९११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend