मंगलबार, वैशाख २५ गते २०८१    
images
images

अर्थ मन्त्रालय कांग्रेसले लिने भद्र सहमति, मन्त्री बन्न गगन थापादेखि बिनोद चौधरीसम्म कस्सिए

images
images
images
अर्थ मन्त्रालय कांग्रेसले लिने भद्र सहमति, मन्त्री बन्न गगन थापादेखि बिनोद चौधरीसम्म कस्सिए
images
images

काठमाडौं- अन्ततः अर्थमन्त्री जनार्दन शर्माले संसदबाटै राजीनामाको घोषणा गरेका छन्। आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि त्यसमा छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएसँगै उनले राजीनामा दिएका हुन्। 

images
images
images

गठबन्धन सरकारमा माओवादीको कोटामा परेको अर्थ मन्त्रालय अब कसले लिन्छ भन्ने चासो देखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री कांग्रेसबाटै बनाउनेगरी तयारी थालेका छन्। देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्थ मन्त्रालय कांग्रेसले लिने जनाउ दिइसकेका छन्। 

images

मंगलबार साँझकै भेटमा अर्थमन्त्री शर्माले राजीनामा दिने र कांग्रेसले अर्थमन्त्री लिने सहमति भएको बुझिएको छ। यता माओवादी नेता नारायणकाजी श्रेष्ठलाई गृहसहित उपप्रधान दिनेगरी सहमति भएको समेत बालुवाटार स्रोतको भनाइ छ। 

images

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार संसदबाहिर निस्किएर अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएपछि राजनीतिक तहमा नयाँ तरंग सुरु भएको थियो।

images
images

माओवादीको केन्द्रिय समिति बैठक चलिरहेका बेला पनि यो विषयले पार्टीभित्र प्रवेश पाएको थियो। यता अर्थमन्त्रीबाट शर्मा फिर्ता भएसँगै माओवादीले गृह मन्त्रालय दाबी गर्ने र कांग्रेसले अर्थमन्त्री लिने भद्र सहमति समेत भएको बालुवाटार स्रोतको दाबी छ। 

प्रधानमन्त्री देउवाले अर्थमन्त्री कांग्रेसकै तर्फबाट बनाएर बिग्रँदो अर्थतन्त्रमा सुधारको सकारात्मक सन्देश दिने प्रयास थालेका छन्। जसका लागि प्रधानमन्त्री देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता पठाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव गठबन्धनमा राखेका हुन्। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्दा अर्थ मन्त्रालय कांग्रेसमा राखेर अन्य मन्त्रालयका विषयमा बाँडफाँट गरेर जानेगरी छलफल थालेपछि राजनीति तरंगित भएको छ। 

कांग्रेसबाट हुने अर्थमन्त्रीका लागि दौडधुपसमेत सुरु भइसकेको छ। महामन्त्री गगन थापाले समेत अर्थमन्त्री पाए मन्त्री बन्ने चाहाना राखेको बुझिएको छ। मन्त्रिपरिषद् पुनर्गठन गरेर अर्थ मन्त्रालय कांग्रेसले लिएमा अर्थमन्त्रीका लागि उद्योगपति तथा सांसद बिनोद चौधरी, महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएका डा. मिनेन्द्र रिजाल, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत दाबी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ। यता परराष्ट्रमन्त्री डा. नारायण खड्काले समेत अर्थमन्त्री बन्ने इच्छा देखाएका छन्। प्रधानमन्त्री देउवाले संकटोन्मुख अर्थतन्त्रलाई पार लगाउनेगरी अर्थ मन्त्रालयको जिम्मेवारी बदल्न खोजेकाले नयाँ बन्ने अर्थमन्त्रीका लागि चुनौती थपिने छ।

बिग्रँदो वर्तमान अर्थतन्त्रप्रति चिन्तित रहेका प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालय कांग्रेसकै कोही अर्थतन्त्र क्षेत्रका जानकारलाई जिम्मा लगाउने तयारी गरेका छन्। अर्थतन्त्रका अधिकांश सूचक खराब हुँदै गए पनि राजनीतिक नेतृत्व बेखबर रहेको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्रीले चासो दिइरहेका छन्। जसको लागि कांग्रेस महामन्त्री थापाले राष्ट्र बैंकदेखि अर्थविदहरुसँग छलफल गरेर प्रधानमन्त्री देउवालाई सुझाव समेत दिइसकेका छन्। 

बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालय कांग्रेसले लिएर अर्थतन्त्र सम्हाल्नुपर्ने निष्कर्ष सहितको सुझाव विज्ञहरूले प्रधानमन्त्रीलाई दिएका छन्। सोही कारण पनि प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई फिर्ता पठाउन माओवादी अध्यक्ष प्रचण्डमार्फत सन्देश पठाएका थिए।

images

प्रकाशित : बुधबार, असार २२ २०७९११:२४

प्रतिक्रिया दिनुहोस