काठमाडौं- एयरलाइन्स कम्पनीहरुले बिहीबारदेखि नै लागु हुनेगरी हवाई भाडा बढाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै इन्धन सहचार्जको मूल्य बढेको हो।
निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ वृद्धि गर्दै १९० रुपैयाँ बनाएको थियो। वायुसेवा सञ्चालकहरुले प्रतिलिटर ५ रुपैयाँ बढेपछि सबै सेक्टरमा इन्धनस हचार्जको मूल्य बढेको छ।
एयरलाइन्स कम्पनीहरुले सबैभन्दा बढी काठमाडौं-धनगढी रुटमा २२० रुपैयाँ बढाएर १७ हजार २५ रुपैयाँ पुगेको भाडा कामय गरेका छन्। त्यस्तै सबैभन्दा कम काठमाडौं-सिमरा रुटमा ४५ रुपैयाँ बढेर नयाँ भाडा ४ हजार २ सय ४० रुपैयाँ पुगेको छ।
यस्तो छ रुटअनुसारको भाडा :